Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मैथिली साहित्य परिषद्द्वारा साहित्यिक गोष्ठी

मैथिली साहित्य परिषद्द्वारा साहित्यिक गोष्ठी

राजविराज, १ वैशाख । नव वर्ष तथा सिरुवा पर्वको अवसर पारेर राजविराजमा शनिवार साहित्यिक गोष्ठी एवम् शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।
मैथिली साहित्य परिषद्द्वारा मैथिली भवनमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाको अध्यक्षता तथा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्रको प्रमुख आतिथ्यमा आयोजित साहित्यिक गोष्ठी साहित्यकारहरुले साहित्यिक रचना वाचन गरे ।
कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष प्रा. अमरकान्त झा, पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, परिषद्का सल्लाहकार श्यामसुन्दर झा, डि.ई. सुरत यादव, ई. दिब्यानन्द मिश्र, कोषाध्यक्ष पंकज कुमार झा, सह–सचिव रामअधिन साह, सदस्य सत्येन्द्रनाथ चौधरी, वन्दना मिश्र, मिथिला साहित्य कला प्रतिष्ठानका सचिव विद्यानन्द वेदर्दी, सदस्य शम्भुश्री, कमला भन्साली, नरेन्द्र देव, कलाकार जिबछ दास, विद्या झा ‘डेजी’, गायिका कञ्चन झा, सुषमा झा, ललिता झा, मैथिल महिला परिषद्की पूर्व अध्यक्ष सुमित्रा दास, निजामती कर्मचारीहरुकाे अाधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले साहित्यिक रचना वाचन गर्नुका साथै शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा परिषद्का उपाध्यक्ष सतिश कुमार दत्तले स्वागत मन्तव्य तथा सञ्चालन सचिव श्यामसुन्दर यादवले गरे ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।