• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लायन्सको तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लायन्सको तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

राजविराज, ३० चैत । अमेरिकाको कैलाश मेडिकल फाउन्डेसन र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक फोर सी ३ द्वारा सप्तरीमा आयोजित तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा करिब दुई हजार भन्दा बढीले सेवा लिएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत कोइलाडीमा बुधवारदेखि सञ्चालन भएको शिविरमा अमेरिकी विशेषज्ञ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको हो । उक्त शिविरमा तिलाठी, कोइलाडी, लौनियाँ, सकरपुरा, तोपा, हनुमाननगर, रम्पुरामल्हनिया, बनरझुला, बिसहरिया लगायत गाउँका सर्वसाधारणले सेवा लिएका छन् ।
स्वास्थ्य सेवा लिनेहरुमा बाढी प्रभावित क्षेत्र, दलित, विपन्न एवम् निम्नवर्गका व्यक्तिहरु अत्यधिक रहेका थिए । शिविरको अन्तिम दिन समापन समारोहमा लायनका रिजन चेयर जेम्स वर्गेस, , कैलाश फाउण्डेशनका डा. योगेश भक्त, डा. डिकेन्द्र मास्के, लायन जोन चेयर लक्ष्मी चौधरी, काठमाण्डो हाइट लायन्स क्लवका अध्यक्ष शिव प्रसाद भट्टराई, शिविरका कोअर्डिनेटर मनोज सापकोटा, कोअर्डिनेटर बिमल पौडेल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, सप्तरी लायन्सका अध्यक्ष धीरेन्द्र प्रसाद साह, पत्रकार वैद्यनाथ यादव, लायन सत्यवान सिंह, सुरज सिंह, विद्यालयका प्रधानाध्यापक दिपेन्द्र झासहित शिविरमा सहयोग पुर्याउनेहरुलाई प्रसंशापत्र प्रदान गरिएको छ । सोही अवसरमा समाजसेवी लायन शेखर प्रसाद सिंहलाई विशेष सम्मान गरिएको छ ।
ग्रामिण, विपन्न एवम् स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकाहरुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गर्न पाउँदा आफुहरु अत्यन्तै खुशी भएको भन्दै आयोजक तथा चिकित्सक टोलीले खुशी व्यक्त गरेका छन् । स्थानीयवासिन्दा सहित विभिन्न क्षेत्रका व्यक्तिहरुबाट पाएको सहयोग अविस्मरणीय रहने भन्दै फेरीफेरी यस्ता शिविर आफुहरुले आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
शिविरमा अमेरिकी विशेषज्ञ टोली लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ का क्यालिफोर्नियाका गभर्नर राजेन थापाको विशेष पहलमा सप्तरीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको मिडिया सहयोगी वैद्यनाथ यादवले जानकारी दिए ।