• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लायन्सद्वारा तिलाठी कोइलाडीमा निःशुल्क स्वास्थ्य शिविर

लायन्सद्वारा तिलाठी कोइलाडीमा निःशुल्क स्वास्थ्य शिविर

राजविराज, २८ चैत । अमेरिकाको कैलाश मेडिकल फाउन्डेसन र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक फोर सी ३ को संयुक्त आयोजनमा सप्तरीमा बुधवारदेखि अमेरिकी विशेषज्ञ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
सप्तरीको तिलाठी­कोईलाडी गाउँपालिकामा बुधवारदेखि शुरु भएको शिविर शुक्रवारसम्म सञ्चालन हुने जनाईएको छ । स्थानियलाई गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्देश्यका साथ सञ्चालन हुन लागेको उक्त शिविरबाट शरिरका हरेक रोगको निःशुल्क परामर्श सहित उपचार सेवा प्रदान गरिने छ । दाँतको लगायत अन्य फिजिसियन सम्बन्धि विशेषज्ञ चिकित्सकहरुको टोलीद्वारा जाँच भईरहेको छ । शिविरमा निःशुल्क औषधि समेत वितरण भईरहेको शिविरमा संलग्न पत्रकार बैद्यनाथ यादवले जानकारी दिएका छन् ।
अमेरिकी विशेषज्ञ चिकित्सकबाट शिविर सञ्चालन गरि सफलतापुर्वक सम्पन्न गर्न अमेरिकाबाट आएका राष्ट्रिय कार्यक्रम संयोजक डेकेन्द्र मास्के लामो समयदेखि नेपालमा बस्दै आएका छन् । मास्केका अनुसार अमेरिकाबाट ११ जनाको बिशेषज्ञ चिकित्सक टोली नेपाल आएका छन् । लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ का क्यालिफोर्नियाका गभर्नर राजेन थापाको विशेष पहलमा अमेरिकी चिकित्सक टोली आएर विरामीहरुको उपचार थालेका हुन् ।
थापा अमेरिकामा बस्दै आएका भएपनि नेपाल र नेपाली प्रति आफ्नो माया र सदभाव रहेका कारण यो शिविरको संयोजन गरेको बताए । आफु जहाँ रहे पनि आफ्नो देशप्रतिको कर्तव्य सधै पुरा गर्ने थापा बताए । उक्त शिविरमा करिब एक सय भन्दा बढी स्वयमसेवकहरुले काम गरिरहेको सप्तरी संयोजक मनोज सापकोटाले बताए । सप्तरीमा यसरी अमेरिकी चिकित्सकबाट पहिलोपल्ट स्वास्थ्य जाँच गर्न पाउने भएका कारण स्थानीय वासिन्दाहरु उत्साहित भएका छन् ।
यसैगरी वैशाख २ गतेबाट सुनसरीको इटहरीमा हुने शिविरको लागी प्रचार प्रसार तथा अन्य तयारी भईरहेको इटहरी संयोजक बिमल पौडेलले बताए । इटहरीमा विभिन्न सामाजिक संघसस्थाहरुसँगको सहकार्यमा शिविर हुन लागेको छ । पौडेलका अनुसार अमेरिकी विशेषज्ञ चिकित्सकको टोलीले दिने स्वाथ्य सेवाबाट इटहरीका वासिन्दा निक्कै लाभाववित विश्वास गरिएको छ । तीन दिनसम्म चल्ने शिविरबाट धेरै भन्दा धेरैले सेवा लिनुपर्ने पौडेलको भनाई छ ।
स्वास्थ्य शिविरलाई सफल बनाउन विभिन्न क्षेत्रमा प्रचार प्रसार तथा तयारीको बारे जानकारी दिदै राष्ट्रिय मिडिया संयोजक सचिन पोखरेलले यस्तो शिविर कमै मात्र हुने भएकाले सबैमा शिविरको फाईदा लिन आग्रह गरे । सप्तरी तथा इटहरीमा हुने शिविरमा विभिन्न संघसस्थाहरुको सहभागिता रहने पोखरेलले बताए ।