
राजविराज, २५ चैत्र । हनुमान अराधना मण्डल नेपालको तेश्रो सप्तरी जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ ।
शुम्भुनाथ नगरपालिकाको वडा नम्वर ४ मा आयोजित अधिवेशनमा हिन्दु धर्मलाई संरक्षण एवम सम्बद्र्धन तथा यसमा रहेका बिकृतिहरुलाई हटाउनुपर्नेमा वक्ताहरुले जोड दिए । नेपालमा बहुसंख्यक हिन्दूहरु रहे पनि धर्मनिरपेक्ष गरिएकोमा त्यसलाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा समेत जोड दिए ।
उक्त अवसरमा बिशिष्ट अतिथी क्षेत्र नम्व ३ का प्रतिनिधि सभाका सांसद चन्द्रकान्त चौधरीले आफु पनि धार्मिक प्रवृतिकै भएको भन्दै आगामी दिनमा हनुमान आराधाना मण्डल नेपाललाई आफुबाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । झुमर मल मुन्धडाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट हनुमान आराधाना मण्डल नेपालको १० सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतिले चयन गरिएको छ ।
समितिको अध्यक्षमा डा. दनालाल साह, महिला उपाध्यक्ष सोना देवी यादव, उपाध्यक्ष अवधबिहारी शरण, सचिवमा बद्री नारायण देव, सह–सचिवमा आनन्दी प्रसाद साह र कोषाध्यक्षमा तेजानन्द साह रहेका छन् । सदस्यहरुमा झवर मण्डल, रामनारायण यादव, देवानन्द यादव र रामचरण ठाकुर रहेको जनाईएको छ ।
यसैबिच उक्त अवसरमा हनुमान अराधना मण्डल नेपालको जिल्ला कार्यालय निर्माणार्थ प्रमुख अतिथि झुमरमल मुन्धडा र उनका छोरा जगन्नाथ मुन्धडाले करिब २० लाख रुपैयाँ मुल्य पर्ने एक कठ्ठा जग्गा दान गरेका छन् । प्रतिनिधि सभा सदस्य चौधरीले सम्मान पत्र सहित उनलाई प्रदान गरिएको हनुमान अराधना मण्डलका केन्दीय अध्यक्ष रामनारायण ठाकुरले जानकारी दिएका छन् ।



