• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मिथिला साहित्य–कला प्रतिष्ठानद्वारा साहित्यिक गोष्ठी

मिथिला साहित्य–कला प्रतिष्ठानद्वारा साहित्यिक गोष्ठी

राजविराज, २४ चैत । मिथिला साहित्य–कला प्रतिष्ठान नेपालद्वारा शनिवार राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा साहित्यिक गोष्ठी आयोजना गरियो ।
कवि आभा सेतु सिंहको अध्यक्षता तथा गीतकार अर्जुन प्रसाद दर्दिलाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा मैथिली साहित्य परिषद्का सचिव समेत रहेका नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, व्यंग्य कवि बटुक बह्रमचारी, किरण झा, सत्येन्द्रनाथ चौधरी, कृष्ण कुमार खंग, ऋतुराज अमरेन्द्र, सुरेश यादव, ओमप्रकाश खंग, नरेन्द्र कुमार देव, रवेन्द्र रवि, श्रीराम मण्डल भरोसी, इन्जिनियर दिव्यानन्द मिश्र, शान्ति झा, रमिला साह, वन्दना मिश्र, धीरेन्द्र मण्डल ‘मधेसी’, राज राय, विद्या झा, ललिता कुमारी झा, सत्यनारायण पण्डित, कमल कुमार मण्डल लगायतले साहित्यिक रचना वाचन गरे ।
गायक सुभाष विरपुरिया, सुषमा झा र सरोज विरपुरिया लगायतले गीत गाएर सहभागीहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । साहित्यिक श्रृंखला ४ मा वाचित साहित्यिक रचनाहरु समावेश गरी प्रतिष्ठानको अध्यक्ष देवेन्द्र मिश्रको सम्पादनमा प्रकाशित मैथिली साहित्य सुधा नामक सङ्कलन लोकार्पण समेत गरियो ।
प्रतिष्ठानका सदस्य शम्भुश्रीद्वारा सञ्चालित कार्यक्रममा अध्यक्ष देवेन्द्र मिश्र, , गायत्री मिश्र, आरती कुमारी साह, रोशन कुमार शर्मा, सत्यनारायण पण्डित समेतको उपस्थिति थियो । कार्यक्रमको छैठौं श्रृंखला वैशाख २९ गते आयोजन हुने प्रतिष्ठानका सदस्य शम्भुश्रीले जानकारी दिए ।