Top_Header_Right_Add

राजविराजमा निःशुल्क मुटु रोग जाँच शिविर सम्पन्न

राजविराजमा निःशुल्क मुटु रोग जाँच शिविर सम्पन्न

राजविराज, २४ चैत । नोबेल अस्पतालका मुटु रोग चिकित्सक डा. राजेश नेपालको नेतृत्वको टोलीद्वारा राजविराजमा शनिवार निःशुल्क उपचार गरिएको छ ।
सगरमाथा महेश्वरी युवा मञ्च तथा राजविराज नगरपालिका वडा नम्वर ७ को आयोजनामा एक दिने निःशुल्क मुटु शिविरको आयोजना गरेको हो । शनिवार सम्पन्न उक्त शिविरमा राजविराज नगरपालिका सहित जिल्लाका विभिन्न स्थानका ९७ जनाले मुटु जाँच तथा ईसिजी गराएको सगमाथा महेश्वरी युवा मञ्चका महासचिव होमेश कावराले जानकारी दिएका छन् ।
शिविरमा मुटु रोगी तथा मुटुको भल्व फेरेका र मुटु दुख्ने, छाती पोल्ने, उच्च रक्तचाप भएका बिरामीले निःशुल्क उपचार गरि औषधी समेत निःशुल्क वितरण गरिएको डा. राजेश नेपालले बताए । शिविरमा नोवेल अस्पताल बिराटनगरका चिकित्सक टोलीले सहयोग गरेका थिए भने कवेस्ट फर्माटिकल बिराटनगरले २५ हजार रुपैयाँ बराबरको निःशुल्लक औषधी बितरण गरेको माडवाडी युवा मञ्चका उज्जवल कावराले बताए ।
शिविरमा राजविराज नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष मागीलाल नाई, वडा नम्वर ३ का वडा अध्यक्ष सुदर्शन सिंह, सगरमाथा महेश्वरी युवा मञ्च राजविराजका अध्यक्ष उज्जवल कावरा, पत्रकार महासंघ सप्तरी सह–सचिव चन्दनकुमार यादव, मारवाडी सेवा समिति राजविराजका अध्यक्ष सुरेश रूङ्गटा, महिला मञ्चका अध्यक्ष अनुराधा जोशी लगायतको उपस्थिति रहेको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer