• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एकिकृत जाँच चौकी रिमोटबाट उद्घाटन

नेहाल खान
वीरगञ्ज, २४ चैत । नेपाल भारत सिमा क्षेत्र मा १ अर्ब ६० करोडको लागतमा निर्माण भएको एकिकृत जाँच चौकी(आई.सी.पी) शनिवार भारतको दिल्लीबाट दुई देशका प्रधानमन्त्री के.पी. शर्मा ओली र नरेन्द्र मोदीका बिच रिमोटबाट उद्घाटन गरिएको छ ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री ओली शनिवार १ः३५ बजे आई.सी.पी चेकपोष्टको उद्घाटन कार्यक्रम गरे । कार्यक्रममा नेपालको तर्पmबाट एक्जक्युटिभ डायरेक्टर लक्ष्मण बहादुर बस्नेत र भारतको तर्पmबाट भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत वैष्णव चरण प्रधानले संयुक्त रुपमा रिमोटबाट सिलालेखको पर्दा हटाएर उद्घाटन गरे ।
उद्घाटन पश्चात नेपाल र भारतबाट आउने विभिन्न मालवाहक ट्रकहरुलाई बेहुली जस्तै सजाई नेपालबाट भारत र भारतबाट नेपाल हरियो झण्डा देखाई प्रवेश गराईएको थियो । भारतको ४ अर्ब ३२ करोड रुपैयाँ लागतमा नेपालको विभिन्न स्थानहरुमा निर्माण हुन लागेको मध्ये क्षमतामा सबै भन्दा ठूलो आई.सी.पी विरगञ्जको रहेको छ ।
यस आई.सी.पी ले ६० प्रतिशत कारगो विरगञ्जबाट नै लोड हुने लक्ष्य रहेको छ । एकै स्थानमा नेपाल र भारतका भन्सार प्रक्रिया उच्च तथा पारदर्शी प्रविधीबाट माल चेक जाँच, बैकिङ्ग सेवा लगायतका प्रक्रियाहरुको प्रबन्धले आयात निर्यात छिटो–छरितो र अवैध व्यापार नियन्त्रणमा आईसीपीका पूर्वाधारहरु प्रभावकारी रहेको छ । उद्घाटनको क्रममा दुई देश नेपाल र भारतका विभिन्न व्यक्तित्वहरु र कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो ।
विरगञ्जबाट पर्साका प्रमुख ज्ल्लिा अधिकारी विनोद प्रकाश सिंह, मेयर विजय सरावगी, भारतीय महावाणिज्य दुतावास, विरगञ्जका महावाणिज्य दुत बि.सि. प्रधान, वाणिज्यदुत राजेश कुमार, विनोद लोसाली लगायतका विभिन्न व्यक्तित्वहरुको उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो ।