• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनचेतनासँगै ठाउँठाउँमा डस्टबिन

राजविराज, २४ चैत । युवाहरुले शुरु गरेको सरसफाई अभियान ८१ हप्ता पूरा गरेको छ । ८१औं हप्ताको अवसरमा सरसफाई सम्बन्धी चेतना जगाउँदै फोहोर फ्याँक्ने डस्टबिन राखिएको छ ।
धेरै फोहोर रहने ठाउँहरुमा डस्टबिन राखिएको छ । डस्टबिन राख्न स्थानीयहरुले पनि सहयोग गरेका छन् । राजविराजको गजेन्द्र चोकदेखि पश्चिम अदालत रोडसम्म ११ वटा डस्टबिन राखिएको छ । कपडा र कागजको फोहोर अत्यधिक हुने गरेकाले पहिलो चरणरमा यी ठाउँहरुमा डस्टबिन राखिएको सप्तरी युथ नेपालले जनाएको छ ।
नगरपालिकाकै बासिन्दाहरुको सहयोगमा प्राप्त भएको डस्टबिन उनीहरुको नामै लेखेर राखिएको सप्तरी युथ नेपालका जयकृष्ण यादवले जानकारी दिए । फोहोर हुन नदिन र आफ्नो अगाडिमा कुनै फोहोर नफ्याँक्न यसअघि ७९ औं हप्ताको सरसफाईमा जनचेतना जगाइएको थियो । त्यस क्रममा स्थानीयहरुले आफ्नै घर अगाडि डस्टबिन राख्ने प्रतिबद्धता जनाएका थिए ।
उनीहरुकै सहयोगमा डस्टबिन राखिएको र उनीहरुले रेखदेख पनि स्वयं गरी त्यसमा फोहोर फाल्न सहमत भएको सप्तरी युथका अर्का सदस्य जकाउल्लाहले बताए । सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा सप्तरी युथ नेपालद्वारा सरसफाई अभियानको प्रारम्भ गरिएको छ ।