
बिरेन्द्र बजार, १९ चैत । सप्तरीका पत्रकार प्रिया सिंह थारुलाई पितृशोक परेको छ ।
पत्रकार थारुका पिता वालकृष्ण प्रसाद सिंह थारुको ६२ बर्षको उमेरमा आइतबार निधन भएको हो । प्यारालाइसिसबाट पीडित थारुको सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्बर ४ प्रसवनी स्थित आफ्नै निवासमा साँझ ३ बजेर ५१ मिनेटमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । स्वर्गिय थारुको पार्थिव शरिरलाई सामाजिक परम्परा अनुसार सोमवार अन्त्येष्टि गरिएको छ । स्वर्गिय थारुको दुई भाइ छोरा र दुई बहिनी छोरी रहेको छ ।
पत्रकार थारुलाई पितृशोक परेकोप्रति आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीले गहिरो दुःख व्यक्त गरेको छ । महासंघका निवर्तमान अध्यक्ष बृजमान तामाङले शोक वक्तव्य जारी गरी पत्रकार थारुको स्वर्गिय पिताको आत्माको चिरशान्तिको कामाना गर्दै शोकाकुल परिवारप्रति हार्दिक सम्वेदना व्यक्त गरेका छन् ।
यसैगरी सङ्घीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकार थारुको पिताको निधन प्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । थारु आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीको अध्यक्ष, रेडियो शिवान्सुका स्टेशन म्यानेजर र छिन्नमस्ता हालचाल साप्ताहिकको सम्पादक रहेकी छिन् । उनी एक दशकदेखि पत्रकारिता पेशामा क्रियाशिल रहेकी छिन् ।



