Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

चार बुँदे घोषणापत्र जारी गर्दै चित्रगुप्तको स्वर्ण महोत्सव सम्पन्न

चार बुँदे घोषणापत्र जारी गर्दै चित्रगुप्तको स्वर्ण महोत्सव सम्पन्न
Bwtech New Add With Software & Bull SMS

राजविराज, १९ चैत्र । देशकै पुरानो संस्थाहरुमध्येको एक चित्रगुप्त सेवा समिति आफ्नो स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा आयोजना गरिएको महोत्सवका रुपमा त्रिदिवसीय ‘स्वर्ण जयन्ती समारोह २०७४’ विधिवत रुपमा सोमबार सम्पन्न भएको छ ।
महोत्सवको उद्घाटन प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले गरे भने समापन भारतका नव चेतना चित्रगुप्त परिषदका महासचिव राजेश कुमार कण्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । चित्रगुप्त सेवा समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिईएको छ ।
देशको वर्तमान संघीय संरचना अनुरुप नेपालमा राष्ट्रिय स्तरमा एक चित्रगुप्त महासंघ स्थापना वर्ष २०७५ भित्र गरिने, कायस्थ समुदाय सहित अन्य समुदायमा रहेको दहेज प्रथा, बाल विवाह, बुहविवाह तथा अन्य कुरितीहरुलाई रोक्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने, कायस्थ जातीको पारम्परिक पञ्जिकरण प्रथालार्र्ई पुनरावलोकन गरी नयाँ अभिलेखिकरण आधुनिक प्रविधिमा आधारित भई गराईने र मैथिली भाषाको संरक्षण सम्वद्र्धन गर्न विद्यालयस्तरबाटै मिथिलाक्षर, कैथी लिपीको पाठ्यक्रम बनाई सम्वन्धित निकायसँग समन्वय गरी कार्यान्वयन गराउन अग्रसरता लिने सहित चार बुदेँ राजविराज घोषणा पत्र समेत जारी गर्दै महोत्सव सम्पन्न भएको छ ।
नेपालका १५ जिल्लाका साथै भारतको पटना, दरभङ्गा, मधुवनी, मोतीहारी, रक्सौल, चम्पारण, समस्तीपुर, सीतामढी, लगायतका विभिन्न स्थानका करिब पाँच सय प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सम्मेलनबाट देशभरिका जातीय संस्थाहरु बिच समन्वय गर्ने र आन्तरिक एकता बलियो बनाउने, प्रयास गर्ने घोषणा समेत गरिएको छ ।
बन्द सत्रबाट प्रा. ईश्वर चन्द्र दत, ई. आनन्द मोहन लाल दास, डा. सुनिल मोहन दास, डा. सुनिल चन्द्र कर्ण र सुलेखा कर्ण सम्मिलित मस्यौदा समितिले घोषणा पत्र जारी गरेको छ । सम्पुर्ण चराचर जगत र प्राणीको पाप–पुण्य र धर्म–कर्मको लेखा राख्ने धमाधीश न्यायधीश, भाग्य कोर्ने भगवानको रुपमा स्थापित चित्रगुप्तको ‘जन्म जयन्ती’ समेत यसै दिन रहेकोले सो जयन्ती समेत धुमधाम सङ्ग मनाइएको चित्रगुप्त सेवा समितिको महासचिव सतिश दतले जानकारी गराएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: