किसानलाई स्मार्ट फोन, सिम लगायतका सामग्री वितरण

किसानलाई स्मार्ट फोन, सिम लगायतका सामग्री वितरण
Bwtech New Add With Software & Bull SMS

राजविराज, १४ चैत । जिल्ला कृषि विकास कार्यालय सप्तरीमा बुधवार आयोजित एक कार्यक्रमका बिच जिल्लाका ६३ कृषक समूहलाई कृषि प्रयोजनका लागी स्मार्ट फोन, सिम, वर्षा मापन यन्त्र र थर्मा मिटर प्रदान गरिएको छ ।
प्रदेश नम्वर २ का भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी जिल्लाका ६३ ओटा कृषक समुहलाई स्मार्ट फोन, सिम, वर्षा मापन यन्त्र र थर्मा मिटर हस्तान्तरण गरेका हुन् । प्रदेश सरकार सञ्चालन र आर्थिक भार बहन गर्न सक्ने आधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकतामा कृषि क्षेत्रलाई राखिएको बताए ।
उनले कृषि प्रयोजनका लागी सहयोग गरिएको उपकरणको सदुपयोग गर्न समेत कृषक समुहलाई आग्रह गरे । नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गत सञ्चालित जलवायु समुत्थान सम्बन्धी नमुना कार्यक्रम अन्तर्गत कृषि उपकरण वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भागिरथ यादवले जानकारी दिए । उनका अनुसार जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले कृषक समुहको छनौट गरी कृषकहरुलाई आवश्यक सामग्री उपलब्ध गराईएका छ ।
कृषि सुचना प्रणालीको माध्यमबाट कृषक, कृषक समुदाय तथा सरोकारावालाहरुलाई पूर्व सूचना प्रणाली अन्तर्गत कृषि सँग सम्बन्धित सुचनाहरु प्रवाह गर्ने र अनुकुलनात्मक मौसमलाई सहजिकरण गरी कृषि उत्पादनमा अभिवृद्घि गर्ने उद्देश्यले सो उपकरणहरु वितरण गरिएको छ ।

Online Saptari
Online Saptari

About The Author