• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोटरसाइकल दुर्घटनामा यूवकको मृत्यू

बिरेन्द्र बजार, ९ चैत । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ जगमोहन स्थित बिहीबार राती भएको सडक दुर्घटनामा २५ बर्षिय यूवकको घटना स्थलमै मृत्यू भएको छ ।
दुर्घटनामा रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौताका शम्भु प्रसाद खंगको मृत्यू भएको हो । पुर्वबाट पश्चिमतर्फ गईरहेको बा ३३ प १५५६ नम्बरको मोटरसाइकल सोही दिशामा रोकेर राखेको ना ४ ख २४७१ नम्बरको ट्रकमा राती ८ बजे पछाडिबाट ठोक्किदा मोटर साइकलमा सवार खंगको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
खंगको सबलाई तत्कालै प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी सगरमाथा अञ्चल अस्पताल राजविराज पठाईएको थियो । शवको पोष्टमार्टम पश्चात शुक्रबार परिवारजनलाई जिम्मा दिएको तथा दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।