• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

बालबालिकाको विषयमा रेडियो कार्यक्रम साझा सवाल

बालबालिकाको विषयमा रेडियो कार्यक्रम साझा सवाल

राजबिराज, ६ चैत । बालबालिकासँग सम्वन्धित समस्यालाई आधार बनाएर राजविराज स्थित भोरुकवा एफएमबाट शनिवारदेखि बालबालिकाहरुको लागी साझा सवाल नामक कार्यक्रमको सञ्चालन भएको छ ।
सप्तरीका बालबालिकाहरुको समस्यालाई एफएम मार्फत प्रशारण गरि सरोकारवाला समक्ष पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रम राजविराज नगरपालिका बालक्लब सञ्जालका पुर्व सचिव शौरव यादवले गरिरहेको जनाईएको छ ।
कार्यक्रममा बालबालिका सम्बन्धी जानकारी र घटनाहरुको जानकारी दिनको लागि समेत कार्यक्रम सञ्चालक यादवले आफनो फेसवुक पेज मार्फत अपिल गरेको छन् । प्रत्येक शनिवार दिउँसो ४ बजे देखि ५ बजेसम्म स्थानीय भोरुकवा एफएम ९२.¬८ मार्फत सञ्चालन हुने कार्यक्रममा नेपालले सन १९९० सेप्टेम्वर १४ मा अनुमोदन गरेको संयुक्त राष्ट्रिय संघिय महासन्धी १९८९ ले निर्देशित गरेको बालबचाउ, बालसंरक्षण, बाल बिकास तथा बाल सहभागिताका बिषयलाई उठान गरिने उनले बताए ।
बालबालिकालाई उचित पालन पोषण, बलियो संरक्षण, मानवोचित व्यवहार, बालमैत्री वातावरण, न्यायोचित अवसर र व्यवहारिक कार्यान्वयन गर्नु पर्ने हुन्छ सो समेत जिल्लामा ब्याप्त मात्रामा कमी रहेकोले यो कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता बोध भई कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । कार्यक्रममा उल्लेखित बाहेक बालबालिकालाई जोमिखपुर्ण काममा लगाउन, गैरकानुनी ओसार पसार गर्न, अपहरण गर्न, अनुचित प्रयोग गर्न तथा बालबिवाह सम्बन्धी समेतको आवाज पूर्ण उठाईने कार्यक्रम सञ्चालक यादवले जानकारी गराए ।