Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सुमधुर सम्वन्ध र समृद्धिका लागि पर्यटन प्रवद्र्धन आवश्यकः राजदूत सिंह

सुमधुर सम्वन्ध र समृद्धिका लागि पर्यटन प्रवद्र्धन आवश्यकः राजदूत सिंह
Bwtech New Add With Software & Bull SMS

नेहाल खान
चितवन, ४ चैत । भारतीय राजदूत सञ्जीव सिंहले पर्यटन व्यवसायलाई नेपाल भारत बीचको थप सुमधुर सम्बन्ध र समृद्धिकालागि पर्यटन व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
चितवनको भरतपुर महानगरपालिका र भारतीय महावाािण्ज्य दुतावास विरगञ्जद्वारा आयोजित नेपाल भारत द्धिपक्षीय पर्यटन प्रर्वद्धन सम्बन्धि गोष्ठिमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । नेपाल भारतको सम्बन्ध र पर्यटन क्षेत्रको विकासतर्फ आफुहरुले पूर्ण रुपमा सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
भारतीय महावाणिज्य दूतावास विरगञ्जका महावाणिज्य दूत वैष्णव चरण प्रधानले भारतको विभिन्न क्षेत्रमा प्रवल लगानी भएको र पर्यटन क्षेत्रतर्पm पनि भारत सरकारले अधिकतम लगानी गर्ने बताए । भारतबाट आउने हजारौं पर्यटकहरु नेपालको विभिन्न पर्यटन स्थलहरुमा विकास गर्दै जाने प्रधानले जानकारी दिए ।
नेपालको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिले विश्वकै प्रमुख पर्यटकीय देश भएकोले नेपालमा आर्थिक समृृद्धिकोलागी विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले बताईन् । कार्यक्रममा विशिष्ठ अतिथीहरु भारतयि महावाणिज्य दूतावास विरगञ्जका महावाणिज्य दूत वैष्णव चरण प्रधान, वाणिज्य दूत राजेश कुमार, विनोद लोसाली, भरतपुर महानगरपालिकाका प्रमुख जिल्ला अधिकारी, वडा अध्यक्षहरु लगायत विभिन्न संघ–संस्थाका प्रमुखहरुको कार्यक्रमम उपस्थिति थियो ।
यसै बिच चितवनको भ्रमणमा रहेको भारतीय पर्यटन व्यवसायीको टोलीलाई सौराहामा स्वागत गरिएको छ । भारतीय महाबाणिज्य दुत विसी प्रधानको नेतृत्वमा आएको टोलीलाई क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था र निकुञ्ज जिप सफारी प्रा.लि.ले स्वागत गरेका छन् ।

बिपस्याना ध्यान केन्द्रको अध्यक्षमा भिक्षु प्रज्ञारत्न
बृजमान तामाङ ÷बिरेन्द्र बजार, ४ चैत । अग्नीसाईर बौद्ध बिपस्याना ध्यान केन्द्रको अध्यक्षमा भिक्षु प्रज्ञारत्नलाई चयन गरिएको छ ।
अग्नीसाईर कृष्णा सवरन गाउपालिका स्थित अग्नीसाईर मन्दिरमा आइतबार सम्पन्न बृहत भेलाले भिक्षु प्रज्ञारत्नको नेतृत्वमा १७ सदस्य समिती गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा माहाबिर प्रसाद चौधरी, महिला उपाध्यक्षमा कल्पना चौधरी, सचिवमा शंकर चौधरी, सह सचिवमा मञ्जु कुमारी चौधरी, कोषध्यक्षमा रामानन्द लेखी र सह कोषाध्यक्षमा निर्मलादेवी चौधरीलाई सवसम्मत चयन गरिएको छ ।
समितीमा धर्मोदय सभा सप्तरीका अध्यक्ष महेश कुमार चौधरीलाई (पदेन सदस्य) सदस्यहरुमा हंसाबती देवी चौधरी, बिमला तामाङ, रामदेव चौधरी, हरि प्रसाद चौधरी, सहावीर चौधरी, सोम बहादुर तामाङ, कुशेश्वर प्रसाद चौधरी, राम कुमार चौधरी र भवानी प्रसाद चौधरी रहेका छन । अग्नीसाईर बौद्ध बिपस्याना ध्यान केन्द्र तदर्थ समितिका अध्यक्ष महाबीर प्रसाद चौधरीको अध्यक्षता तथा अग्नीसाईर कृष्णा सवरन गाउपालिकाका अध्यक्ष प्रर्शुराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न बृहत भेलामा वडा नम्बर ५ का वडा अध्यक्ष श्रीप्रसाद यादव, विभिन्न जातिय संगठनका प्रतिनिधी लगायत बौद्ध धर्मावलम्बीहरुको उपस्थिती थियो ।
भेलाले ध्यान केन्द्र भवन निर्माण गर्ने, ब्यापक प्रचार—प्रसार गरी अग्नीसाईर मन्दिरको संरक्षण, सम्बद्र्धन र धार्मिक प्रर्यटन स्थलको रुपमा विकास गर्ने, बुद्धको देश शान्तिको बाटो रगतले नभिजाउ देशको माटो सहितको मुल उदेश्य राखी बली प्रथाको अन्त्य गर्ने लगायतका अग्नीसाईर घोषणा—पत्र समेत जारी गरेको जनाईएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: