मोटरसाईकल दुर्घटना हुँदा खडक नपाका दुई युवकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा खडक नपाका दुई युवकको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३० फागुन । सिरहाको लहान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्वर ४ पन्सेराका २२ वर्षीय सन्तोष सरदार र २३ वर्षीय श्याम चौधरी मृत्यु रहेका छन् ।
चार जना सवार अनटेष्ट मोटरसाईकले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–३ रघुनाथपुर चोकमा रोकेर राखिएको ना४ख ३५० नम्वरको बसमा ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएका चारै जनाको उपचारका लागि विराटनगर स्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनीहरुकोे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । दुर्घटनामा घाईते भएका सप्तरीको खड्ग नगरपालिका–४ पन्सेराकै २३ वर्षीय टुरा सरदार र २४ वर्षीय नन्दी सरदारको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: