• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विद्या देवी भण्डारी दोस्रो पटक नेपालको राष्ट्रपतिमा निर्वाचित

विद्या देवी भण्डारी दोस्रो पटक नेपालको राष्ट्रपतिमा निर्वाचित

राजविराज, २९ फागुन । गणतन्त्र नेपालको राष्ट्रपतिमा पुनः दोस्रो पटक विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन् ।
मङ्गलवार सम्पन्न राष्ट्रपति निर्वाचनमा उनी दोस्रो बाम गठबन्धनबाट दुई तिहाई मतले निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेर दोस्रो कार्यकाल समेत सुनिश्चित गर्न सफल भएकी छिन् । यता नेपाली कांग्रेसबाट राष्ट्रपति पदकी प्रत्यासी कुमारी लक्ष्मी राईले ११,७३० मतभार प्राप्त गरेकी छिन् ।
बाम गठबन्धनका साझा उम्मेदवार भण्डारीले २४५ संघीय सासद तथा ४१५ प्रदेशसभा सदस्यको मत प्राप्त गरेर विजयी भएकी छिन् । यता राईले ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यको मत प्राप्त गरेकी छिन् । प्राप्त जानकारी अनुसार तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत बदर भएको छ ।
संघीय संसदका ५ जना र प्रदेशसभाका १४ जना सदस्यले मतदानमा सहभागिता जनाएन । नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय अनुसार मतदान प्रक्रियामा सहभागी भएन ।
संघीय संसदको एक सदस्यको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ निर्धारण गरिएको छ । दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भण्डारीको सपथ ग्रहण कार्यक्रम बुधवार बेलुकी ४ बजे हुने जनाईएको छ ।