क्रिकेट प्रतियोगितामा वडा नम्वर ९ को विजयी शुरुवात

क्रिकेट प्रतियोगितामा वडा नम्वर ९ को विजयी शुरुवात
Bwtech New Add With Software & Bull SMS

राजबिराज, २९ फागुन । राजबिराजको पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा शुरु भएको राजबिराज नगरपालिका वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नंम्वर ३ ले वडा नम्वर ९ लाई सजिलै ९ बिकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
टस जितेर पहिलो ब्याटिंगको लागि वडा नं. ३ ले वडा नम्वर ९ लाई ब्याटिंगको लागि निमन्त्रणा गरे पछि ब्याटिंगको लागि आएको वडा नंं ९ का टोली वडा नंम्वर ३ को घातक बलिंग सामु निरिह हुदै निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई ७५ रनमै समेटिएको थियो । वडा नं. ९ को प्यानेल्टी वापत अम्पाएर निरज सिंहले ५ रन समेत काटेका थिए । वडा नं. ९ लाई सस्तोमा समेटन वडा नं. ३ का तर्फबाट रोबिन सिंहले घातक बलिंग गर्दै ३ ओभर ५ बलमा १३ रन दिई ३ बिकेट लिएका थिए भने अन्य बौलरमा बिवेक यादवले २ तथा रोहित सिंह, निरज यादव र दयानन्द साहले सामान १ बिकेट लिए ।
७६ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ३ ले उक्त लक्ष्य १० ओभर २ बलमा केवल १ बिकेटकै नोक्सानीमा भेटाएका थिए । वडा नं. ३ का लागि रोहन बिक र बिकास दासले नटआउट रहि क्रमश ः ३५ र २६ रनको योगदान दिएका थिए भने निरज यादवले १३ रनको योगदान दिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ३ का रोहन बिक घोषित भए ।
यस अघि राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु यादवले ब्याटिंग गर्दैैै प्रतियोगिताको उदघाटन गरे । कार्यक्रममा नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, राजबिराज वडा नं. ११ का अध्यक्ष सञ्जय कुमार यादव, वडा नं. ३ का वडा अध्यक्ष मो. अख्तर, पुर्व बरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंह, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, ग्रिन नेपालका अध्यक्ष खेलानन्द यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन वडा सदस्य पार्थो सरकारले गरे । सप्तरी क्रिकेट संघसँगको सहकार्यमा राजबिराज नगरपालिका वडा नम्वर ५ को आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्र्तगत बुधवार पहिलो खेल वडा नं. २ ले वडा नं. ६ सँग तथा दोश्रो खेल वडा नं. ३ र वडा नं. ४ बिच हुने राजबिराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष समिर झाले जानकारी दिएका छन् ।

Online Saptari
Online Saptari

About The Author