• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हटियावासीद्वारा नगर प्रमुख यादवलाई राजविराजको नयाँ नक्सा

हटियावासीद्वारा नगर प्रमुख यादवलाई राजविराजको नयाँ नक्सा

राजविराज, २८ फागुन । राजविराज हटियामा हुने भनिएको निर्माण कार्यबारे विवाद चलिरहँदा हाट बजार स्वरुप बचाउ समितिले आफ्नै पहलमा नयाँ नक्सा प्रस्ताव पेश गरेका छन् ।
नगरपालिकाका मेयर शम्भु प्रसाद यादवसँग गत मङ्गलवार सर्वपक्षीय वार्ता समितिमा गरिएको प्रतिवद्धता अनुसार हटियाका व्यापारी व्यवसायीहरुले नयाँ नक्सा सोमवार पेश गरेका हुन् । नगरपालिकाले यस अघिको नक्सा अनुसार निर्माण कार्य अगाडि बढाउने तयारी गरिरहँदा हटियाका व्यापारी व्यवसायीहरुले परिमार्जन सहित नक्सा पेश गरेका छन् ।
हाल पेश गरिएको नक्सा अनुसार काम गर्दा बाटोहरु समेत फराकिलो हुनुका साथै हटियाको मौलिकता समेत रहने समितिको दावी छ । हालको नक्सामा गल्लीहरु अत्यन्तै साँघुरो हुने, आपतविपत तथा मेलाको समयमा अत्यधिक भीँडभाड हुँदा खतरा निम्तिनसक्ने भएकोले त्यसतर्फ समेत विशेष ध्यान दिईएको छ । दैनिक रुपमा गाउँहरुबाट दैनिक उपभोग्य सामग्रीहरु बिक्री गर्न आउनेहरुलाई समुचित ठाउँ समेत छुट्याइएकोले नक्सालाई पारित गरी काम अगाडि बढाउन आग्रह गरिएको छ ।