• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बिरगञ्ज महानगरपालिका कार्यालयको मुल गेटमा धर्ना

बिरगञ्ज महानगरपालिका कार्यालयको मुल गेटमा धर्ना

बिरगञ्ज, २८ फागुन । बिरगञ्ज महानगरपालिकाका शिक्षकहरुद्वारा चार महिनाको तलब नपाएको बिरोधमा बिरगञ्ज महानगरपालिका कार्यालयको मुल गेट बन्द गरि धर्नामा बसेका छन् ।
बिरगंज महानगरपालिका मा ३२ वटा वडाहरु मा ९३ वटा विधालयहरु रहेका छन् । यस ९३ वटा विद्यालयहरु मा ९५३ जना शिक्षक र शिक्षीकाहरु कार्यरत रहेका छन् । बिरगंज महानगरपालिका भएको देखी ९५३ जना शिक्षकहरु लाई चार महिना देखी तलब, भत्ता, मसलन्द, जस्ता आर्थिक सुविधा कुनै पनी नपाएकोले शिक्षकहरु बाध्य भई आन्दोलनमा उत्रेका छन् ।
स्थानिय निकायले शिक्षकहरुको समस्या समाधान नगरे चैत्र ३० गते हुन गई रहेको विद्यालय स्तरका सबै फाइनल परीक्षाहरु बहिष्कार गर्ने आन्दोलित शिक्षक राजेन्द« सिहंले जानकारी दिएका छन् ।