बिमान दुर्घटनामा मृतकको संख्या ५० पुग्योः यस्तो छ यात्रुहरुको नामावली

बिमान दुर्घटनामा मृतकको संख्या ५० पुग्योः यस्तो छ यात्रुहरुको नामावली
Bwtech New Add With Software & Bull SMS

काठमाण्डौ, २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमवार दिउँसो भएको यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटनामा परि मृत्यु हुनेका संख्या ५० पुगेको छ ।
बङ्गलादेशको ढाकाबाट करिब ७१ यात्रु लिएर आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो । जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दिउँसो २ बजेर १८ मिनेटमा धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको जहाजमा ६७ जना चालक दलका सदस्यसहित ७१ जना सवार रहेका थिए ।
घाइतेहरुको थापाथलीको नर्भिक अस्पताल, काठमाडौं मेडिकल कलेज सिनामंगल, ओम अस्पताल, मेडीसिटी अस्पताल र ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिएका छन् । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीले दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिँदा दिँदै पाइलटले अटेरी गरेकाले ठुलो दुर्घटना भएको बताएका छन् ।
त्रिभुवन विमानस्थल प्रशासनबाट प्राप्त जानकारी अनुसार ३३ नेपाली, ३२ बंगालादेशी, १ चिनियाँ र २ माल्दिभ्सका नागरिक पनि विमानस्थलमा सवार रहेका थिए । बिमानमा निम्न अनुसारका यात्रुहरु यात्रारत थिए । प्राप्त जानकारी अनुसार शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, वसन्त बोहरा, समिरा व्यञ्जनकार, प्रविन चित्रकार, सजना देवकोटा, प्रिन्सी धामी, ज्ञानीकुमारी गुरुङ, दिनेश हुमागाईं, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, केशव पाण्डे, प्रसन्न पाण्डे, विनोदराज पौड्याल, हरिशंकर पौडेल, सञ्जय पौडेल, आशिष रञ्जित, कृष्णकुमार सहनी, आसना शाक्य, सनम शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार, डा. बालकृष्ण थापा, स्वेता थापा, किशोर त्रिपाठी र अवधेशकुमार यादव रहेका छन् ।
यसैगरी बंगलादेशका फैसल महम्मद, शहरिन अहमद, इकुव अली, फुज्जमान अली, अल्मुन नहर, एन्नी, बिल्किस एरा, बेगम हुरुन नहर बिल्क्विस बानु, एमएसटी अख्तरा बेगम, एमडी शाहीन बेपारी, नाजिया अफ्रिन चौधरी, एमडी रिज्वनुल हक, एमडी रोकिबुल हसन, मेहदी हसन, एमराना कबिर हासी, एमडी कबिर हुसेन, सञ्जिदा हक, एमडी हसन इमाम, मोहम्मद नसरुल इस्लाम, अखी मोनी, मिनाज बिन नासिर, एफएच प्रिओक, तमर्रा प्रिओनमोइ, मोदुर रहमान, महमुदुर रहमान, ताहिरा तन्विन, शाशी रेजा, पियास रोय, शेख रसिद रुवायत, युमी सलिमा, सैयादा कम्रुन्नहार शवार्ना, अनिरुद्द जमान, एमडी नुरुज जमान र एमडी रफिक्ज जमान रहेका छन् ।
यसैगरी चीनीयाँ नागरिक झ्याङ मिङ, माल्दिभ्सका रिजाना अब्दुल्ला, चालक दलका पृथुला रसिद (पाइलट), ख्वजा हुसेन र रकिबुल हुसेन रहेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: