• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सबैको हकअधिकार सुनिश्चित गरिने छः मुख्यमन्त्री राउत

सबैको हकअधिकार सुनिश्चित गरिने छः मुख्यमन्त्री राउत

जनकपुरधाम, २७ फागुन । मुख्यमन्त्री लालबाबु राउतले हरेक वर्ग, लिङ्ग, जाति, समुदायको अधिकार सुनिश्चित गरिने प्रतिबद्धता दोहोर्याएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार विषयक प्रादेशिक सम्मेलनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले ऐन कानून व्यवहारमा नआएकोले समानता कायम हुन नसकेको बताए । समाजको समग्र विकासको लागि हरेक वर्ग, लिंग, जाति, समुदायको अधिकार सुनिश्चित हुनुपर्ने उनले तर्क गरे ।
‘ऐन कानून व्यवहारमा आएको छैन उनले भने ‘यसैले क्षमतावान व्यक्तिले पनि हकअधिकारबाट बञ्चित छन् ।’
अपाङ्गता भएका व्यक्तिको हकअधिकार सुनिश्चित गर्नको लागि प्रदेश सरकार हरसम्भव प्रयास गर्ने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे । हरेक वर्ग, लिंग, समुदाय, जातिको मुद्दाको पहिचान नभएकैका कारण हकअधिकार स्थापित हुन नसकेको उनले बताए ।
सबैको हकअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै यसमा सहयोगको लागि सबैमा आग्रह समेत गरे । राष्ट्रिय मानव अधिकार आयोग जनकपुरधामले आयोजना गरेको प्रादेशिक भेलाको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य रामअशिष यादवले आवाजविहीनको आवाज बन्नको लागि मानवअधिकार आयोग र संचारकर्मीहरुलाई आग्रह गरे ।