• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बिरगञ्ज महानगरपालिका अगाडि धर्ना

नेहाल खान
बिरगञ्ज, २७ फाल्गुन । लामखुट्टेको बिगबिगीले गर्दा बिरगंज महानगरपालिका अगाडि नेपाली कांग्रेस पर्सा क्षेत्र नम्वर–१ का अध्यक्ष विजय सर्राफको नेतृत्वमा धर्ना दिईएको छ ।
धुलो र लामखुट्टेको समस्याले गर्दा बिरगञ्जका स्थानियहरुले बाईपास सडकखण्डमा टायर बालेर बिरोध प्रदर्शन गरिएको हो । धुलो र लामखुट्टेकै कारणले गर्दा दिनहुँ स्थनियहरु बिरामी हुन थालेका छन् । यो समस्या निक्कै बढेकोले गर्दा बिरगञ्जका स्थानीयहरुले चक्का जाम गरी बिरगञ्ज महानगरपालिकाको विरोध जनाएका छन् ।
समस्याहरु यथासिघ्र समाधान भएन भने यातायात नखोलिने स्थानिय विकास सिंहले बताए । बिरगञ्ज महानगरपालिकामा धुलो र लामखुटटेले गर्दा क्लिनिक र अस्पतालहरुमा बिरामीहरुको चाप बढेको दाबी गरिएको छ ।