• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

अन्तराष्ट्रियस्तरको हाँस्य–व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने

अन्तराष्ट्रियस्तरको हाँस्य–व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने

राजविराज, २७ फागुन । नेपालमा अन्तराष्ट्रियस्तरको हाँस्य–व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने भएको छ ।
देशकै पहिलो अनलाइन टेलिभिजन टिभी अन्नपूर्णले राजधानीमा पत्रकार सम्मेलन गरी हास्यव्यंग्यत्मक रियलिटी शो कमेडी किङ्ग गर्न लागेको जानकारी गराएको हो । कमेडी किङ्ग नेपाली अनलाईन टेलिभिजनको सहकार्यमा निमार्ण तथा प्रसारण हुनेछ । बैशाखदेखि देशभरबाट आवेदन संकलन गरी प्रतिस्पर्धात्मक रियलिटी शो कमेडी किङ्गको आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुन्दर पुनले जानकारी दिएका छन् ।
देशभरका झण्डै ४० हजार सहभागी हुने अपेक्षासहित गर्न लागिएको रियलिटि शो मार्फत कमेडी किङ्ग बन्ने प्रतियोगीले निशानको सब्सीडरी बजेट कार ड्याटसुन रेडी गो सहित नगद पाउनेछन । त्यसैगरी दोस्रो र तेस्रो हुने प्रतियोगीलाई दुबई, कतार लगायत यूरोप भ्रमणको प्याकेज सहित क्रमश १० लाख र ५ लाख नगद पुरस्कार प्रदान गर्ने कार्यकारी निर्देशक राजकुमार बिष्टले बताए ।
पछिल्ला वर्षमा हाँस्यव्यंग्यको क्षेत्रमा नयाँ कलाकारको उपस्थिति घटेकोले नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको टिभी अन्नपूर्णका अध्यक्ष राजु सुवेदीले बताए । हाँस्यव्यंग्यमा धेरैको रुची बढ्दै गएकोले नेपालमै पहिलोपटक यस्तो प्रतियोगिता गरिएको सुवेदीको भनाई छ ।
आगामी बैशाखदेखि सातै प्रदेशका सदरमुकाम सहित नारायणगढ, इटहरी र काठमाडौँ गरी १० सहरमा प्रि अडिसन गरिनेछ । प्रि अडिसनमा करिब ४० हजारको सहभागी हुने अनुमान गरिएको छ । जसमा सहभागी हुने मध्येबाट १ सय जनालाई मेगा अडिसनका लागि छनोट गरिनेछ । छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याइनेछ ।
मेगा अडिसनमा छनोट भएका मध्येबाट फेरी उत्कृष्ट ३० जना छनोट हुनेछन् । छनोट भएका ३० जनामध्येबाट पनि २० जना उत्कृष्टलाई छनोट गरिनेछ । टप २० देखी दर्शकको भोटिङ हुदैं हरेक हप्ता गर्ने प्रस्तुतिका आधारमा ३ जना फाइनल प्रतिष्पर्धामा सहभागी हुनेछन ।
प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने पनि आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरुको प्रस्तुति प्रतिस्पर्धा अवधिभर नेपाली अनलाईन टेलिभिजन र टिभी अन्नपूर्णमार्फत प्रसारण हुने भए पनि फाइनल पछि इन्टरनेटको पहुँच नपुगेका ग्रामीण क्षेत्रका लागि नेपाल टेलिभिजन मार्फत टप २० पछिका कार्यक्रम प्रसारण हुने बताईएको छ ।