• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

दुबईमा रङ्गारङ्ग होली धमाका सांस्कृतिक कार्यक्रम सम्पन्न (हेर्नुहोस् तस्विर)

मधेशका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति
दुबईमा रङ्गारङ्ग होली धमाका सांस्कृतिक कार्यक्रम सम्पन्न (हेर्नुहोस् तस्विर)

दुबई, २६ फागुन । गैर आवासीय मधेशी संघद्वारा युनाइटेड अरब इमिरेट्स दुबईमा शुक्रवार भव्य रुपमा मधेशी होली धमाका सांस्कृतिक कार्यक्रम एवम् होली मिलन समारोह आयोजना गरियो ।
कार्यक्रममा मधेशका लोकप्रिय कलाकारहरुले गीत एवम् नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई भरपूर मनोञ्जन प्रदान गरेका छन् । लोटस डाउन टाउन मेट्रो होटेलमा आयोजित उक्त कार्यक्रममा चर्चित अभिनेत्री डोली सरकार, गायिका अन्जु यादव र देवेन्द्र साह ‘सोनी’ सहभागी रहेका थिए । सोही कार्यक्रममा दुबईमा कार्यरत ब्रजेश सिंह, शुभाष यादव, रामनाथ महरा, ज्ञान प्रकाश यादव, जयराम यादवलगायत मधेशी कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । कलाकारहरुले होली गीत, नृत्य, जोगिडा आदि प्रस्तुत गरेका थिए ।
भारतीय दूतावासद्वारा पुणेमा आयोजना गरेको फिल्म सम्बन्धी तालिममा सहभागी भई नायिका डोली काठमाण्डौबाटै दुबई पुगेकी थिईन् । मेटल क्राफ्ट इन्डिस्ट्रीज एलएलसी मूल प्रायोजक रहेको मधेशी होली धमाका कार्यक्रम निकै रोचक र तराई ( मधेसको कला संस्कृतिक झल्किने खालका गीत तथा नृत्यहरु प्रस्तुत गरिएको संघका सल्लाहकार समेत रहेका दुबईमा कार्यरत सप्तरी निवासी डा. रबिन्द्र कुमार यादवले बताए ।
कार्यक्रममा अध्यक्ष संजय कुमार कर्ण, अंतर्राष्ट्रीय अध्यक्ष बसंत कुशवाहा र सलाहकार डा. रबिन्द्र कुमार यादवद्वारा सम्मानपत्र प्रदान गरियो । गैर आवासीय मधेशी संघ संसारभरि बस्दैआएका मधेशी समुदायलाई जोड्नकालागि विगत ७ वर्षदेखि सक्रिय रहँदैआएको छ । कार्यक्रम हेर्नका लागि दुबई स्थिति विभिन्न स्थानबाट तीन सय भन्दा बढी मधेसी समुदायको सहभागीता रहेका थिए ।
युएईका अन्तर्राष्ट्रिय अध्यक्ष ईन्जिनियर बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संघका सल्लाहकार डा. रबिन्द्र कुमार यादबले कार्यक्रमको उदेश्य र भावी कार्य योजनाबारे जानकारी गराएका थिए । गैर आवासिय मधेसी संघ युएईका अध्यक्ष ईन्जिनियर संजय कुमार कुशवाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष डा. बबी सिंह यादवले गरे । 
कार्यक्रम संयोजनमा धर्मेन्द्र गोहिवार, आर्थिक प्रयोजन दुबई स्थित रहेका मधेसी ब्यबसायी, मेटल क्राफ्टका प्रबन्ध निर्देशक बिनेश यादव, नेपाल वायु सेवा निगमका दुबई आर्थिक ब्यबस्थापक नरेश यादव, नेपाली मुस्लिम सोसाईटी युएईका महामन्त्री नौमान सिद्यीकी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे । कार्यक्रमको सञ्चालन जग नारायण मंडल र अमित शर्माले संयुक्त रूपमा गरे ।
दुबईमा कार्यरत मधेशी समुदायहरुको साझा संस्थाको रुपमा रहेको गैर आवासीय मधेशी संघले मधेश आन्दोलनका घाइते, शहिद परिवार, आगलागी, बाढी पीडित एवम् अति विपन्नलाई सहयोग, समस्यामा परेकालाई उद्धार गर्ने सहित समाजिक गतिविधिहरुमा सहयोग गर्दैआएको छ । ‘विदेशमा रहेर पनि आफ्नो संस्कृतिलाई जिवन्त राख्नुपर्छ’ भने मान्यताका साथ एक ठाउँमा भेला भएर पारिवारिक जमघट जस्तै होली कार्यक्रम आयोजना गरिएको डा. यादवले जानकारी दिए ।