राजविराजको शु सेन्टरमा आगलागीः करिब ६० लाखको क्षति (फोटो फिचर)

राजविराजको शु सेन्टरमा आगलागीः करिब ६० लाखको क्षति (फोटो फिचर)
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ फागुन । सप्तरीको राजविराज नगरपालिकाको वडा नम्वर–७ स्थित नौशाद शु सेन्टरमा शनिवार (आज) विहान आगलागी भएको छ ।
विहान करिब ३ बजेको समयमा जुत्ता चप्पलको थोक तथा खुद्रा पसलमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको हो । विगत २५ वर्षदेखि सञ्चालनमा रहँदैआएको उक्त पसलमा आगलागी हुँदा पसलमा बिक्रीका लागि राखिएका जुत्ता, चप्पल लगायतका सामानहरु जलेर नष्ट भएको छ ।
राजविराज नगरपालिका, सिरहाको लहान र सुनसरीको ईनर्वा नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ । आगलागीको कारणबारे खुल्न नसके पनि व्यक्तिगत रिसईबीका कारण पसलमा आगो लगाईएको हुनसक्ने पीडित नौसाद खातुनले जानकारी दिएका छन् ।
नौसादले राजविराजमा शु सेन्टर सञ्चालन गरी घर परिवार चलाउँदैआएका थिए । राती पसल बन्द गरेर नजिकै रहेको घरमा सुत्न गएको अवस्थामा आगलागी भएकोले पसलमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको नौसादले जानकारी दिए ।

Online Saptari

About The Author

%d bloggers like this: