• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मधेशका चर्चित कलाकार डोली, अन्जु र देवेन्द्र दुबईमा

मधेशका चर्चित कलाकार डोली, अन्जु र देवेन्द्र  दुबईमा

राजविराज, २२ फागुन । आगामी फागुन २५ गते युनाइटेड अरब इमिरेट्सको दुबईमा आयोजना हुन लागेको मधेशी होली धमाकामा प्रस्तुतिकालागि सप्तरीबाट तीन जना चर्चित कलाकार त्यसतर्फ प्रस्थान गरेका छन् ।
गैर आवासीय मधेशी संघ (युएई)ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा चर्चित अभिनेत्री डोली सरकार, गायिका अन्जु यादव र देवेन्द्र साह ‘सोनी’ दुबई प्रस्थान गरेका हुन् । नायिका डोली भने भारतीय दूतावासद्वारा पुणेमा आयोजना गरेको फिल्म सम्बन्धी २० दिने तालिममा सहभागी भई काठमाण्डौबाटै दुबईका लागि प्रस्थान गरेकी छिन् ।
मेटल क्राफ्ट इन्डिस्ट्रीज एलएलसी मूल प्रायोजक रहेको मधेशी होली धमाका कार्यक्रम लोटस डाउन टाउन मेट्रो होटेल अपार्टमेन्ट परिसरमा कार्यक्रम आयोजना हुन लागेको दुबईमा कार्यरत सप्तरी निवासी डा. रबिन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
दुबईमा कार्यरत मधेशी समुदायहरुको साझा संस्थाको रुपमा रहेको गैर आवासीय मधेशी संघले मधेश आन्दोलनका घाइते, शहिद परिवार, आगलागी, बाढी पीडित एवम् अति विपन्नलाई सहयोग सहित समाजिक गतिविधिहरुमा सक्रिय रहँदैआएको छ । मधेशको अति महत्वपूर्ण होलीको अवसरमा फागुन १८ गते कार्यक्रम निर्धारण गरिए पनि केही प्राविधिका कारणवस फागुन २५ गते राखिएको जनाईएको छ । विदेशमा रहेर पनि आफ््नो संस्कृतिलाई जिवन्त राख्नुपर्छ भने मान्यताका साथ एक ठाउँमा भेला भएर पारिवारिक जमघट जस्तै होली मनाउन लागिएको उनले बताए । उनका अनुसार कार्यक्रममा होली गीत, नृत्य, जोगिडा आदि प्रस्तुति रहनेछ ।
नायिका डोली र गायक देबेन्द्र दोस्रो तथा गायिका यादव पहिलो पटक गैर आवासीय मधेशी संघको कार्यक्रममा सहभागी हुन दुबई प्रस्थान गरेका हुन् ।
यसैबीच दुबईमा आयोजना हुन लागेको मधेशी होली धमाका कार्यक्रमका लागि सप्तरीबाट काठमाण्डौ प्रस्थान गर्ने क्रममा गायिका अन्जु र देबेन्द्रलाई बिराटनगर विमानस्थल पुगेर अन्तर्राष्ट्रीय मैथिली परिषद् नेपालकी अध्यक्ष समेत रहेकी लेखक एवम् साहित्यकार करुणा झाले खादा तथा टिका लगाएर विदाई गरेका छन् । उनले कलाकारहरुलाई शुभकामना दिँदै कार्यक्रम सफलताको कामना समेत गरेकी छिन् ।