
राजविराज, १९ फागुन । सप्तरीको छिन्नमस्ता शक्तिपीठमा सरसफाई र वातावरण सम्बन्धि सचेतनमुलक कार्यक्रम आयोजना गरियो ।
वातावरण र सरसफाई जिवनकालागि महत्वपुर्ण भएकोले यसतर्फ सम्बन्धित सबैको ध्यान गम्भिर रुपमा आकर्षित हुनुपर्ने कुरा सरसफाईमा सहभागीहरुले जोड दिएका छन् । पाथ वे क्लीन लींक दमक, कीप इटहरी क्लीनका साथै स्थानीय धर्मी हल्फा महिला विकास कल्व र सौभाग्य कृषि सहकारी संस्था लिमिटेडद्वार संयुक्त रुपमा सरसफाई गरिएको छ ।
शक्तिपीठका साथै सखडा बजारको विभिन्न भागमा समेत सरसफाई गरिएको छ । यसअघि वातावरण सम्बन्धि जागरुकता जगाउन अन्तरक्रियात्मक कार्यक्रम पनि गरिएको थियो । सरसफाई र वातावरणीय कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र कुमार यादव (दिपु¬), धर्मी हल्फा महिला विकास क्लवका अध्यक्ष एवं समाजसेवी ईं. सूर्यनारायण यादव, सौभाग्य कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष प्रमोद कुमार मल्लिक, निर्मला चौधरी लगायतका व्यक्तिहरुको सरसफाई कार्यक्रममा सहभागिता रहेको थियो ।



