• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आदिवासी जनजाती महासंघको राजविराज अधिवेशन सम्पन्न

आदिवासी जनजाती महासंघको राजविराज अधिवेशन सम्पन्न

बिरेन्द्र बजार, १९ फागुन । नेपाल आदिबासी जनजाती महासंघ नगर समवन्य परिषद राजविराजको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
नेपाल आदिबासी जनजाती महासंघ नगर समवन्य परिषद राजबिराजका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष बृजमान तामाङको प्रमुख आतिथ्य र राजबिराज नगरपालिकाका उपप्रमुख साधना झाको बिशिष्ट आतिथ्यमा एक समारोहका बिच अधिबेशन सम्पन्न भएको हो । उद्योग वाणिज्य महासंघ सप्तरीको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी तामाङले संविधान संशोधन गरी आदिबासीको प्रमुख मुद्दा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए ।
राजबिराज नगरपालिकाका उपप्रमुख झाले नगरपालिकाबाट प्राप्त सुबिधा दिने प्रतिवद्धता ब्यक्त गरिन् । पितृसत्तात्मक सोचका कारण अदिवासी सहितका महिलाहरु अझैं पछाडि परेको बताउँदै उत्पीडित समुदायको अधिकार र स्वाभिमानकालागि सधै अग्रसर रहने बताईन् । राजबिराज नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जय नारायण मण्डलले आदिवासी लगायतका पछाडि पारिएका समुदायको क्षमता विकासका लागी लक्षित समुह बिकास कार्यक्रमलाई निरन्तरता दिने
प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा प्राध्यपक बुलबुल चौधरी, थाकसका नगर सभापति लालबहादुर चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरे । नेपाल आदिवासी जनजाती महासंघ राजबिराजका सचिव अनार कुमारी चौधरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष भुपेन्द्र मण्डलले गरे ।
यसैबिच शनिबारै सम्पन्न बन्द सत्रले अनार कुमारी चौधरीको अध्यक्षतामा २३ सदस्यीय नगर समवन्य परिषद गठन भएको छ । गठित समितीको महिला उपाध्यक्षमा पुष्पा राई , उपाध्यक्षहरुमा सुर बहादुर मगर, जिबछ मण्डल, सचिबमा भुपेन्द्र मण्डल, महिला सह सचिबमा सबिता भुजेल सह सचिबहरुमा प्रियसी तामाङ, भिम बहादुर आले मगर र कोषध्यक्षमा भिम बहादुर तामाङ सर्बसम्मत चयन भएका छन । यसै गरी समितीको सदस्यहरुमा चन्द्र बहादुर खवास, रामेश्वर भुजेल, लाल बहादुर चौधरी, भोला मण्डल, बिरेन्द्र चौधरी, लक्ष्मी मण्डल, बिष्णु श्रेष्ठ, गंगादेबी दनुवार, हेमलता चौधरी, सरस्वती तामाङ, शान्ता भुजेल, आशा तामाङ, चन्द्रकला चौधरी र बिमल तामाङ रहेका छन ।
सोही अधिबेशनले निबर्तमान अध्यक्ष देब नारायण चौधरी, मेख बहादुर तामाङ, बिन्देश्वर चौधरी बुलबुल चौधरी र प्रेम आले मगरलाई सल्लाहकारमा चयन गरेको अध्यक्ष चौधरीले जानकारी गराइएन । नबगठित समितीलाई शनिबारै सपथ ग्रहण गराएको निर्बचन अधिकृत मेख बहादुर तामाङले जानकारी गराए ।