मधेशका जिल्लाहरुमा आज होली पर्व मनाईदै

मधेशका जिल्लाहरुमा आज होली पर्व मनाईदै
Bwtech New Add With Software & Bull SMS

राजविराज, १८ फागुन । मधेशका जिल्लाहरुमा आज हर्षोल्लोसका साथ रंग अबीर लगाएर होली पर्व मनाइँदैछ ।
होली पर्वका अवसरमा गए राती ग्रामीण भेगका होली मण्डलीहरुले होरी, फगुवा, जोगिडा बिरहा गाएर होलीका दहन गरेका छन् । शान्ति, सद्भाव एवम् भाइचाराको सम्वन्ध विस्तार गर्ने यो पर्वमा एक अर्कालाई रङ्ग अबीर लगाएर होली मनाईदैछ ।
सप्तरी सदरमुकाम राजविराजको विभिन्न चोकहरुमा युवाहरुको समूहले रमाईलो गर्दै एक आपसमा रंग अबीर दलेर होली पर्व मनाईरहेका छन् । यस पर्वमा पुवा, पुरी, खीर सहितका पकवानहरु बनाएर एक अर्कालाई खुवाउने परम्परा रहेको छ ।
मधेशका गाउँगाउँमा हर्षोल्लासका साथ होली मनाउने कार्य उत्साहजनक रुपमा भईरहेको स्थानीय सम्वाददाताहरुले जानकारी दिएका छन् ।
विगतका वर्षहरुमा होली पर्वका दिन अप्रिय घटनाहरु हुने गरे पनि यस वर्ष भने बजार तथा चोकहरुमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरीद्वारा यसअघि गरिएको आग्रह बिपरीत उछृङ्गखल क्रियाकलाप गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विकिपिडियामा उल्लेख भए अनुसार हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलीकाले आगोमा भष्म पार्न लाग्दा उनी आँफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो ।
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् ।
भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक(अर्का्सित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार(साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हादलाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको विजय भएको उपलक्षमा यो पर्बको अघिल्लो दिन त्यही होलिका बनाई दहन गरी मनाइने गरिएको पर्व हो ।

Online Saptari
Online Saptari

About The Author