• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महिला परिषद्द्वारा शुभकामना आदान–प्रदान

राजविराज, १७ फागुन । होली पर्वको शुभ अवसरमा मैथिल महिला परिषद्द्वारा विहीबार मैथिली भवनमा होरी गायन एवम् शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।
महिला परिषद्की अध्यक्ष शान्ति झाको अध्यक्षतामा तथा मैथिली साहित्य परिषद्का अध्यक्ष प्रा. अशोक कुमार झाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, अन्तर्राष्ट्रीय मैथिली परिषद् नेपालका अध्यक्ष करुणा झा, परिषद्का उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव, मालती दास, रिजु विनय झा, ललिता झा, कञ्चन झा, पिंकी झा, सुषमा झा, हिना झा, कुन्ती मिश्रा, विद्या झा ‘डैजी’ गायत्री झा लगायतले होरी गीत प्रस्तुत गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।