• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
होरी महोत्सवमा सप्तरीको होरी समूह प्रथम

राजविराज, १६ फागुन । मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरमा बुधवार आयोजना गरेको होरी महोत्सवमा सप्तरी प्रथम भएको छ ।
मैथिली भाषा, साहित्य, कला संस्कृतिको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको मिनापद्वारा विगतका वर्षहरु झैं यस वर्ष पनि होरी महोत्सव आयोजना गरिएको थियो । प्रतियोगितामा राजविराज नगरपालिकाको वडा नम्वर–६–७ को खरसाल युवा होरी समूह प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।
प्रथम स्थान प्राप्त गरेका विजेता टिमलाई शिल्ड, सात भरीको मेडल, प्रमाणपत्रसहितको पुरस्कार प्रदान गरिएको छ । रामकुमार यादवको नेतृत्वमा गएको होरी समूहमा बद्रीनारायण यादव, धीरेन्द्र यादव, रामअशिष यादव ‘घुटर’, आशाराम यादव, सञ्जीव कुमार यादव, सूर्यनारायण यादव, रामखेलन यादव, दीपनारायण यादव, श्यामसुन्दर यादव (गडकन)लगायतका सहभागी थिए ।