
राजविराज, १५ फागुन । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नाममा रहेको आइडी ह्याक गरी नाम र तस्विर समेत परिवर्तन गरेको भन्दै दोषीलाई कडा कार्वाही गर्न विद्यार्थी नेता किशोर कुमार यादवले सम्वन्धित पक्षसँग आग्रह गरेका छन् ।
किशोर यादव १२४ एट द रेट जिमेल डटकमबाट खोलिएको फेसबुक गत फागुन ६ गते परिवर्तन गरी अपरिचित व्यक्तिले प्रयोग गरिरहेको राष्ट्रिय विद्यार्थी मञ्च (राजपा नेपाल)का केन्द्रीय अध्यक्ष समेत रहेका उनले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । आइडी परिवर्तन गरी जेम्स ई होस क्याटराइट्स (होस) राखी आफुलाई लिटेटेनेन्ट जेनरल युएस आर्मीको कर्मचारी नाममा राखे पनि प्रोफाइलमा एक मात्र विदेशी अनुहार देखिने फोटो राखेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
जेम्स नामका फेसबुक ह्याकरले आफ्नो ठेगाना एलपो सिरीया राखेको छ भने अरु विवरणहरु भने पुरानै रहेको यादवले बताए । ‘मेरो फेसबुक साथी ५ हजार रहेको थियो, त्यो हेर्न नसकिरहेको र अहिलेसम्म उक्त ह्याकरको पता लागेका छैन भने मेरो फेसबुक समेत पुरानो पासवर्डमा खुल्न सकेको छैन’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘ डेढ साता अगाडी मेरो फेसबुक परिवर्तन गरी साइवर क्राइम जस्ता अति दण्डनीय काम गरेकोले चिन्तामा परेको छु ।’ सामाजिक सदभाव विगार्ने क्रियाकलाप फेसबुक मार्फत नगरेको तथा कुनै व्यक्तिको व्यक्तिगत सम्मानमाथि ठेस पु¥याउने काम नगरेको समेत विज्ञप्तिमा उल्लेख छ ।
सामाजमा साइवर क्राइम बढिरहेको जानकारी गराउँदै यस्तो अक्षम्य कार्य पत्ता लगाई त्यस्ता अपराधीलाई सार्वजनिक गर्न सबैमा उनले अनुरोध गरेको छ । आगामी दिनहरुमा अरु कोही कसैसँग नदोहोरियोस् भन्ने उद्देश्यका साथ त्यस्ता अपराधीलाई कार्वाहीको दायरामा ल्याई कडा कार्वाही गर्न सम्वन्धित निकायसँग अध्यक्ष यादवले माग गरेका छन् ।



