• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अमेरिकामा मधेशी समाजले मनाए होली

राजविराज, १५ फागुन । अमेरिका मधेशी समाजको डिएफडब्लु च्याप्टरले आइतवार पर्व होली भव्यताका साथ मनाएका छन् ।
अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन अमेरिका मधेशी समाजको च्याप्टरको नेतृत्वमा, २५ फेब्रुअरीका दिन सेन्ट्रल पार्क क्रोली स्थित तह, ९०० ई ग्लेन्डल एसटी क्रोली तहमा विहान ११ बजेदेखि ६ बजेसम्म धुमधामका साथ होली पर्व मनाएका छन् । अमेरिकामा रहेका मधेशीहरु एकै ठाउँमा भेला भई होरी गीत गाउँदै एक अर्कालाई रङ्ग अबीर लगाएर होली पर्व मनाएका छन् । परम्परागत संस्कृतिलाई जिवन्त राख्नुपर्छ भन्ने मान्यताका साथ त्यहाँ रहेको पुरुष महिलाहरुले पारिवारिक माहौल जस्तै खानपान गर्दै होली पर्व मनाएको डिएफडब्लु च्याप्टरका उपाध्यक्ष शशी यादवले जानकारी दिएका छन् ।