• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरीद्वारा अवैध मदिरा बरामद

राजविराज, १३ फागुन । सप्तरीको प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले सप्तकोशी नगरपालिका वडा नम्वर– १० बाट अवैध मदिरा बरामद गरेको छ ।
स्थानीय गुनेलाल मलाह र धडकन मलाहको घरबाट अवैध तयारी घरेलु मदिरा २ सय ५० लिटर र मदिरा बनाउनमा प्रयोग हुने कच्चा पदार्थ २५ ड्रम बरामद गरिएको हो । बरामद गरिएको अवैध मदिरा र त्यसमा प्रयोग हुने पदार्थ स्थानिय भद्रभलादमीको रोहबरमा नष्ट गरिएको छ ।