• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रहिनन् चर्चित फिल्म अभिनेत्री श्रीदेवी

बलिवुडकी चर्चित अभिनेत्री श्रीदेवीको दुबईमा शनिवार राती ५४ वर्षको उमेरमा निधन भएको छ । बलिवुडकी कलाकार मोहित मारवाहको विवाह दुबईमा भएकोले आफ्ना परिवारको साथमा दुबई गएकी थिइन् । त्यही मुटुको धड्कन बढेकोले उनकी मृत्यु भएको छ । मृतक श्रीदेवीको शरीर आज साँझ ६ बजेसम्म एयर कार्गोबाट मुम्बई ल्याउने जनाईएको छ ।
उनको जन्म तमिलनाडुमा भएको थियो । उनका बुवा वकील थिए । श्रीदेवीका पति फिल्म निर्माता बोनी कपूर हुन् । उनकी दई छोरी जाहनवी र खुशी हुन् । उनी २०१३ सालमा भारतको चौथो ठुलो व्यक्ति भनेर सम्मानित भएकी थिईन् । उनी चार वर्षको उमेरमा तमिल फिल्म ‘थुनाइवन’ मलयालम, तेलेगु र कन्नड फिल्ममा अभिनय गरेकी छिन् । उनी दक्षिण भारतको फिल्ममा एउटा सफल अभिनेत्रीको रुपमा चिनिन थालिन् ।
बलिवुडमा उनले फिल्म ’सोलवां सावन’बाट शुरुवात गरिन् । यो फिल्म १९७८ मा आईन् तर श्रीदेवीकी पहिचान हुन सकेनन् । पाँंचवर्ष पछि श्रीदेवी फिल्म ’हिम्मतवाला’ मा अभिनेता जीतेंद्रसँग अभिनय गरिन् । उक्त फिल्मले बक्स आफिसमा धुम मचाएको थियो । .
हिम्मतवाला पछि श्रीदेवीले पछाडि नहेरी नायक प्रधान फिल्मको क्रममा उनी ‘मवाली’ (१९८३), ‘तोहफा’ (१९८४), ‘मिस्टर इण्डिया’ (१९८७), ‘चाँदनी’ (१९८९), ‘चालबाज’ (१९८९), ‘लम्हे’ (१९९१) र ‘गुमराह’ (१९९३) लगायतका फिल्म सगैं ‘सदमा’ (१९८३) मा उनी अलग पहिचान बनाउन सफल भइन् ।