Top_Header_Right_Add

वीरगञ्जमा मनोरञ्जनात्मक कार्यक्रमको तयारी तिब्र

वीरगञ्जमा मनोरञ्जनात्मक कार्यक्रमको तयारी तिब्र

वीरगञ्ज, १० फागुन । राधिका मुभिज प्रोडक्सन प्रा.लि. वीरगञ्जद्वारा आगामी चैत ३ गते हुन लागेको मनोरञ्जनात्मक कार्यक्रमको तयारी तिब्र पारिएको छ ।
वीरगञ्जको माईस्थानमा अवस्थित राधिका मुभिजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राजाबाबुले वीरगञ्जको नारायणी रंगशालामा चैत्र ३ गते हुन लागेको कार्यक्रममा भारत तथा नेपालको प्रख्यात स्टार कलाकारहरुको प्रस्तुति रहने जानकारी दिएका छन् । उनका अनुसार भोजपुरी सिनेमाका सुपरस्टार अभिनेता खेसारीलाल यादव, अभिनेत्री एवं कलाकारहरु अंजना सिंह, मुस्कान राज, निशा सिंह, सुरभी शर्मा, यस मिश्रा, स्वेता शर्मा, जानवी जयकार, कमेडी किङ्ग बताशा चाचा, विकाश ठाकुर, सकल बलमुआ, प्रदिप पंडित तथा नेपाली नृत्यका स्टार रोमा न्यौपाने लगायतको बेजोड प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा सहभागी भई भरपुर मनोरञ्जनको आनन्द लिन समेत सबैमा उनले आग्रह गरेका छन् ।
राधिका मुभिजका अध्यक्ष सुरेश साह कानुको अध्यक्षतामा आयोजित कार्यक्रममा रेडियो बिन्दासका आर.सी. यादव, मुकेश सोनी, राजिव यादव, बिजय टायसन, प्रदिप पंडित लगायतको विशेष सक्रियता रहेको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer