• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा साहित्यिक गोष्ठी

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा साहित्यिक गोष्ठी

राजविराज, ८ फागुन । अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा मैथिली साहित्य परिषद् राजविराजको आयोजन तथा मैथिल महिला परिषद्को संयोजनमा मङ्गलवार साहित्यिक गोष्ठि आयोजना गरियो ।

मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का अध्यक्ष अशोक कुमार झा, पूर्व अध्यक्ष देवेन्द्र मिश्र, करुणा झा, परिषद्का सचिव श्यामसुन्दर यादव, रबेन्द्र रवि, नरेन्द्र देव, किरण झा, कमला भन्साली, विद्या झा ‘डेजी’ पिंकी झा, रमिला साह, शान्ति झा, कमला भंसालीलगायतले रचना वाचन गरेका छन् । कार्यक्रममा ई. दिब्यानन्द मिश्रको कविता समेत वाचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ठाकुरले मैथिली जनजनको भाषा भएको भन्दै यसको थप संरक्षण, सम्वद्र्धन एवम् विकास हुनुपर्नेमा जोड दिईन् । वर्तमान संघीय संरचनामा सरकारी कामकाजको भाषाको रुपमा मैथिली हुनुपर्ने आवश्यकता औल्याईन् ।
मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले मैथिली भाषा शाहवंशीय शासनकालदेखि नै दमनको शिकार बन्दैआएकोले वर्तमान अवस्थामा समुचित स्थान पाउनुपर्नेमा जोड दिए । भाषिक एवम् सांस्कृतिक अधिकारकालागि मैथिली भाषीहरु दलीय आस्थाको परिबन्धबाट माथि उठ्नुपर्ने तर्क प्रस्तुत गरे । महिला परिषद्की अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा परिषद्का उपाध्यक्ष सतिश कुमार दत्तले मैथिली भाषालाई शिक्षाको माध्यम बनाउनुपर्ने बताए । कार्यक्रममा परिषद्का सदस्य अजय कुमार झा, शिक्षक गीता यादव, कमल मण्डल लगायतको उपस्थिति थियो ।
‘जय जय भैरवी’ गोसाओनी गीतबाट औपचारिक रुपमा शुभारम्भ भएको कार्यक्रम सञ्चालन गायत्री झा र पिंकी झाले गरिन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बुधवार मातृभाषाको समुचित स्थानबारे विचार गोष्ठि मैथिली भवनमा आयोजना गरिने परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।