अग्नीपीडितलाई धर्मीहल्फाको राहत

अग्नीपीडितलाई धर्मीहल्फाको राहत
Bwtech New Add With Software & Bull SMS

राजविराज, ८ फागुन । आगलागीमा परी बिचल्लीमा परेका बलान बिहुल गाउँपालिका–२ दिघियाका अग्नी पीडितलाई धर्मी हल्फा महिला विकास क्लवले राहत वितरण गरेको छ ।
क्लवले अग्नीपीडितहरु राजी यादव र योगेन्द्र यादवलाई राहत वितरण गरेको हो । अग्नीपीडित परिवारद्वयलाई त्रिपाल, झुल, साडी, धोती, बेडसीट, थाल, ग्लास कराही, डेक्ची र पन्यू लगायतका सामग्री संस्थाको अध्यक्ष तथा समाजसेवी ई. सूर्य नारायण यादवले वितरण गरेका छन् ।
कार्यक्रममा समाजसेवी छत्रनारायण यादव, जिल्ला शिक्षा कार्यालय सप्तरीको वीरेन्द्र चौधरी र देवनारायण दास, शिक्षक बिजली महरानको समेतको उपस्थिति रहेको थियो । आगलगीबाट उनीहरुको भैंसी–३ थान, गोरु–२ थान र बाख्राबाख्री–६ थानसहित अन्य धनमाल जलेर नष्ट भएको थियो ।

Online Saptari
Online Saptari

About The Author