• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विविध कार्यक्रम आयोजना गरि मनाईयो प्रजातन्त्र दिवस

विविध कार्यक्रम आयोजना गरि मनाईयो प्रजातन्त्र दिवस

राजविराज, ७ फागुन । ६८औं प्रजातन्त्र दिवस तथा दोश्रो निर्वाचन दिवस राजविराजमा विभिन्न कार्यक्रम आयोजना गरी मनाईयो ।
दिवसको अवसरमा प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समिति र जिल्ला निर्वाचन कार्यालयले सोमवार संयुक्त रुपमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरिएको हो । प्रभातफेरी र अन्तरक्रिया कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्थानीयवासी सहभागी थिए । प्रभातफेरी नगरपरिक्रममा पश्चात जिल्ला समन्वय समितिको सभा कक्षमा पुगी अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षता तथा प्रदेश सभा सदस्य विदेश्वर यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, गणपति अजय अधिकारी, प्र्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, जिल्ला निर्वाचन अधिकारी दिलिप यादव, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, जिल्ला समन्वय अधिकारी सुदेव पोखरेल, अनुसन्धानका एसपी देवराज लिम्वु, नेपाल प्रहरीका एसपी मुकेश कुमार सिंह, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालयका एसपी रामाधार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सह–सचिव चन्दन यादव, लगायतले प्रजातन्त्र दिवस र निर्वाचन दिवसको महत्वबारे चर्चा गरे ।

सो अवसरमा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरी तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्च सप्तरीका अध्यक्ष अजय कुमार झाले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको लागि हामीले ठुलो लडाइ लड्नु परेकोले प्राप्त उपलब्धि एवं अधिकारलाई सबैले रक्षा गर्नुपर्ने बताउनु हुँदै सबै क्षेत्रमा सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, विधिको शासन, पार्दशिता कायम गर्नुपर्ने सबैको दायित्व रहेको बताउँदै सिंह दरवारको नाम जनता दरवार राखे मात्र जनताले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको अनुभूति पाउने बताए । उनले सिंह दरवारको नाम जनता दरवार राख्नुपर्ने सन्दर्भमा पटक–पटक आवाज उठाउँदै आएका छन् ।
सोमवार र मंगलवार सरकारी तथा गैरसरकारी कार्यालय र गजेन्द्र चौक तथा दशन चौकमा दिपावली, नगर क्षेत्रमा सरसफाई तथा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शुद्ध खानेपानीकालागि पानी चिस्याउने (चिलर मेशिन) वितरण लगायतका कार्यक्रम गरिने उक्त कार्यक्रमहरुमा राजविराज नगरपालिका, सप्तरी उद्योग वाणिज्य संघ, सप्तरी युथ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोग एवम् सहभागिता रहेको थियो ।
यसैगरी सप्तरीको छिन्नमस्ता, डाक्नेश्वरी गाउँपालिका लगायतका स्थानहरुमा समेत प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ ।