
कलैया, ७ फाल्गुन । कलैया सिटि जेसिजको आयोजनामा सोमवार दास गेष्ट हाउसमा एक दिने लोम अफिसर तालिम सम्पन्न भएको छ ।
वर्ष २०१८ का पदाधिकारीहरुको लागि पदिय काम, कर्तब्य र अधिकार सम्बन्धी तालिमको अध्यक्ष जेसीज धनीलालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल जेसीजका २०१७ का राष्टिय उपाध्यक्ष शोभा खरेलले प्रशिक्षक एवं प्रमुख अतिथिको रुपमा सहभागी रहेका थिए । प्रशिक्षक शोभा खरेलले पदाधिकारीहरुको काम, कर्तब्य र अधिकार बारे प्रशिक्षण दिएका थिए भने जेसीजका ४ वटा अहम भुमिका रहेका जस्तै आफ्नो विकासका, समाजिक विकास, व्यवसायिक विकास र अन्तर्राष्टिय सम्बन्धनबारे बताए ।
प्रशिक्षण कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष जेसी रामबालक राउत अहिर, वर्ष २०१६ का अध्यक्ष जेसी रामबाबु प्रसाद यादव, वर्ष २०१८ का अध्यक्षीय सल्लाहकार जेसी वैजु दास, तालिम कोअडिनेटर जेसी राजेश कुशवाहाले अतिथिको आसन ग्रहण गरेका थिए । तालिममा वर्ष २०१८ का कलैया सिटि जेसीजका उपाध्यक्ष जेसी अनिल कुमार गुप्ता, जेसी एसएम जहाँगस्त, जेसी निरमा चौधरी, जेसी संदिप बरै, मिडिया कोअडिनेटर जेसी श्रवण प्रसाद साह, महासचिव जेसी विजय कुशवाहा, कोषाध्यक्ष जेसी विपिन चौधरी लगायत ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य जेसी निरमा चौधरीले गरिन् भने सञ्चालक जेसी अन्वारुलहकले गरे ।



