सुरुङ्गामा बालभिते पत्रिका लेखक प्रतियोगिता

सुरुङ्गामा बालभिते पत्रिका लेखक प्रतियोगिता
Bwtech New Add With Software & Bull SMS

राजविराज, ६ फागुन । बाल क्लब स्तरीय बालभिते पत्रिका लेखन प्रतियोगिता सप्तरीको सुरुङ्गा नगरपालिकामा सम्पन्न भएको छ ।
कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीले जिल्लाको बिभिन्न २७ वटा बाल क्लबमा आबद्ध बालबिालिकाहरुबीच बालभिते पत्रिका लेखन प्रतियोगिता गराएको हो । सुरुङ्गा नगरपालिकास्थित मोतिलाल माविमा आयोजित बालभिते पत्रिका लेखन प्रतियोगितामा नवज्योति बाल क्लब कुशहा ८ प्रथम भएको छ भने सनराईज बाल क्लब हरिपुर ५ द्धितिय र भबिष्य निर्माण बाल क्लब मधुपट्टी ४ तृतिय भएको आयोजकले जनाएको छ । यस्तै सरस्वती बाल क्लब कुशहा ५ सान्त्वना भएको छ ।
प्रतियोगिता पश्चात श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीका अध्यक्ष सुखीलाल चौधरी, पत्रकार राजु विश्वकर्मा, समाजसेवी रामभरोसी चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरे । बालभिते पत्रिका प्रकाशन गर्दै आएका बाल क्लब पदाधिकारीहरुलाई थप दक्षता बृद्धि गर्नुको साथै पत्रिकालाई प्रतिष्पर्धी बनाउने उद्देश्यले बालभिते पत्रिका लेखन प्रतियोगिता गराईएको श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीका कार्यक्रम संयोजक शारदा चौधरीले बताए ।

Online Saptari
Online Saptari

About The Author