• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बार्षिकोत्सवको अवसरमा खाद्य सामग्री वितरण

बार्षिकोत्सवको अवसरमा खाद्य सामग्री वितरण

बारा, ४ फाल्गुन । बारा जिल्लाको सबैभन्दा जेठो पत्रिका कृपा दैनिकले आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार बाराको पथलैया स्थित बृद्धआश्रमका आश्रितलाई खाद्य सामग्री वितरण गरेको छ ।
नवजान कल्याण कोषको संरक्षण एवं कृपा दैनिकको प्रकाशक सबिता चालिसे सहितको बाराको पत्रकारहरुको उपस्थितिमा बृद्ध आश्रममा रहेका बृद्ध ज्येष्ठ नागरिकहरुलाई खाद्य सामग्रीहरु प्रदान गरिएको हो । कृपा दैनिक पत्रिका १५ बर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार पहिलो दिन उक्त कार्यक्रम गरिएको पत्रिकाका सम्पादक एवं नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय उपाध्यायले जानकारी दिएका छन् । १५ औं बार्षिकोत्सव कार्यक्रम फागुन १२ गतेसम्म जारी रहने पत्रिकाकी प्रकाशक चालिसेले जानकारी दिएकी छिन् ।