• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

विश्व ज्योती हलमा मधेशी पुत्र २ को च्यारिटी शो फागुन १२ गते(भिडियो हेर्नुहोस्)

विश्व ज्योती हलमा मधेशी पुत्र २ को च्यारिटी शो फागुन १२ गते(भिडियो हेर्नुहोस्)

राजविराज, ३ फागुन । प्रदर्शनमा आउनु अघि नै अत्यधिक चर्चामा रहेको नेपाली–भोजपुरी फिल्म मधेशी पुत्र २ को च्यारिटी शो आगामी फागुन १२ गते काठमाण्डौमा हुने भएको छ ।
उक्त फिल्मको च्यारिटी शो शनिवार ३ बजेदेखि काठमाण्डौको जमल स्थित विश्वज्योती सिनेमा हलमा प्रदर्शनमा आउन लागेको हो । मधेशीपुत्रको सफलता पछि निर्माण पक्षले मधेशी पुत्र–२ निर्माण गरेको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले दृष्यहरुमाथि आपत्ति जनाउँदै केही दृष्य तथा सम्वादहरु हटाउन निर्देशन दिएका थिए । मधेश आन्दोलनको विषयवस्तुमा आधारित चलचित्र रहेकै कारणले समितिले विभिन्न दृष्य, सम्वाद, प्रसङ्ग आदीलाई हटाउनुपर्ने भन्दै रोक लगाएकोमा त्यस विरुद्ध मधेशका जिल्लाहरुमा प्रदर्शन समेत भएको थियो । फिल्ममा पात्रको नाम र नारा मात्र परिवर्तन गरिएको निर्देशक समेत रहेका नायक निराजन मेहताले जानकारी दिएका छन् ।
नेपाली र भोजपुरी दुई भाषामा निर्माण गरिएकोे मधेशी पुत्र–२ मा निराजन मेहता, निशा घिमिरे, ध्रुब कोइराला, मनोज राउत, साहिल साह, सचेन्द्र सरदार, प्रविण लाभ, देव यादव, कमल मण्डल, पुष्पा पाण्डेय लगायतको मुख्य अभिनय रहेको चलचित्रका निर्माता उदितनारायण साह ‘अरुण’ले बताए । उनका अनुसार द्वन्द्व एन.बी. महर्जनको रहेको छ भने छायाङ्कन रवि कोइरालाले गरेका छन् । रोहित, प्रमोदको सङ्गीत तथा भागवत मण्डल, अन्जु यादव लगायतका गायक गायिकाहरुको सुमधुर स्वर रहेको छ । उक्त चलचित्रको गीतहरुमा भागवत मण्डल, अन्जु यादव, पारसमणी मुख्य स्वर रहेको छ ।
फाल्गुनको पहिलो सातादेखि राजधानीसहित देशैभभरी प्रदर्शनमा आउने लक्ष्य राखिएकोमा केही समय लाग्ने नायक मेहताले जानकारी दिए । उनका अनुसार मधेशी पुत्र २ का टिम अहिले च्यारिटी शोमा जुटेका छन् ।

भिडियो हेर्नुहोस्