• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

चौध बुँदे माग अविलम्व सम्वोधन गर्न बालक्लवको अल्टिमेटम

चौध बुँदे माग अविलम्व सम्वोधन गर्न बालक्लवको अल्टिमेटम

राजविराज, २ फागुन । विगत केही महिनादेखि संघर्षरत राजविराज नगर बाल सञ्जालले आफुहरुले राखेको १४ बुँदे माग अविलम्ब सम्वोधन गर्न माग अघि सारेका छन् ।
सञ्जालले नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा बुधवार पत्रकार सम्मेलन आयोजना गरी आफुहरुको माग १० दिनभित्र सम्वोधन गर्न माग गरेको हो । सञ्जालका अध्यक्ष जकाउल्लाहले कुनै पनि बन्द हडतालमा विद्यालय बन्द नहुनुपर्ने, देशैभरिका शिक्षकहरुको प्रमाणपत्र जाँच हुनुपर्ने र नक्कली पाएमा कार्वाही हुनुपर्ने, कक्षा १२ सम्मका् रजिष्ट्रेशन फर्म, परीक्षा फर्म र प्राइक्टिकल फर्म निःशुल्क हुनुपर्ने, एक कक्षा उतीर्ण गरी अर्को कक्षामा जानको लागि पुनः भर्नाको चार्ज नहुनुपर्ने माग सञ्जालको रहेको बताए । हरेक सरकारी विद्यालयमा वैशाख २५ गतेभित्र किताब पु¥याउनुपर्ने, सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, विद्यालयबाट टाढा रहेका बालबालिकालाई विद्यालयमा ल्याउन पहल गर्नुपर्ने, पठनपाठन र पाठ्यपुस्तकको विषयमा नियमित अनुगमन एवम् व्यवस्थापन हुुनुपर्ने माग सञ्जालले अघि सारेको छ ।
निजी कम्पनीहरुले विद्यालयमा आफ्नो किताब लगाउने नाममा भईरहेको चलखेलबारे जाँच तथा कार्वाही हुनुपर्ने, मदरसाहरुलाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने, चाडपर्वको बिचमा परीक्षा सञ्चालन नगर्नुपर्ने र किताबको मनपरी मूल्यसूची राख्ने प्रवृति अन्त्य गरी उचित मूल्य निर्धारण हुनुपर्ने माग सञ्जालले अघि सारेको पत्रकार सम्मेलनमा अध्यक्ष जकाउल्लाहले जानकारी दिएका छन् । आफुहरुले विगतमा १४ वुँदे माग राख्दै रिले अनसन समेत गरेको तथा प्रमुख जिल्ला अधिकारी मार्फत जेठ २५ गते प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि सुनुवाई नभएको उनले गुनासो गरे । आन्दोलनका क्रममा शिक्षा अधिकारी दोलराज पाण्डे, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले समेत मागहरु पुरा गराउन पहल गर्ने प्रतिवतद्धता गरे पनि हालसम्म पुरा नभएकोले १० दिने अल्टिमेटम सहित आफुहरुले सम्वन्धित सरोकारवाला निकायहरुलाई खबरदारी गरेको पत्रकार सम्मेलनमा सहभागी बाल क्लवका पदाधिकारीहरुले बताए ।