• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नेपाली सेनाद्वारा रक्तदान

राजविराज, २ फागुन । सप्तरीको राजविराज स्थित भलुवाही व्यारेकमा तैनाथ भीमदल गणले सेना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम आयोजना गरियो ।
निमित गणपति सेनानी अजय कुमार अधिकारी लगायत गणका अधिकृत, पदिक तथा अन्य दर्जाहरु समेत गरि २८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी राजविराजसँगको सहकार्यमा गण परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाईएको छ । रक्तदान कार्यक्रमबाट सप्तरी जिल्लाका विरामीहरुलाई आवश्यक पर्ने विभिन्न समूहका रगतको अभावलाई पूर्ती गरी लाभान्वित हुने देखिएकाले जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटी राजविराजद्वारा धन्यवाद दिईएको छ । रक्तदान कार्यक्रमलाई आगामी दिनहरुमा समेत श्री भीमदल गणले निरन्तरता दिने जनाईएको छ ।