• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
टेङ्गरीका समाजसेवी जेहेन्द्रको निधन

बोधराज सुवेदी
महुली, २ फागुन । सप्तरीका एक निर्भिक र साहसिक ब्यक्तित्व जेहेन्द्र यादव हामी बीच रहेनन् । लामो समयदेखि मृगौलाको रोगले ग्रसित यादवको आफ्नै निवासमा वुधवार चोला उठेको हो । दिवंगत यादवका एक श्रीमती, एक छोरा र तीन छोरी रहेका छन्।
वि. सं. २०१४ सालमा साविकको प्रसवनी गाविस वार्ड नं. ४ तथा हालको अग्नी साईर कृष्ण सवरन वार्ड नं. ४ टेंगरीमा जन्मिएका यादव जीवनभर वामपन्थी राजनीतिको माध्यमवाट समाजसेवामा सर्मर्पित रहे । उनीले २०४० सालमा नेकपा मान्न्धरको सदस्यता लिएर वामपंथी राजनीतिको शुरुवात गरेका थिए । त्यसपछि २०४८ सालमा नेकपा एमालेमा प्रवेश गरी गाउँ तथा क्षेत्रीय स्तरको नेतृत्व सम्हाल्दै आएका यादवले २०५६ सालमा पार्टिको संगठित सदस्यता प्राप्त गरेका थिए । अत्यन्त मृदुभाषी यादवले गाउँघरमा परेका हरेक समस्याहरुको समाधानकोलागि सफल नेतृत्व प्रदान गरेका थिए ।
वि.सं. २०६५ देखि हालसम्म नेकपा एमालेको क्षेत्रिय कमिटिको सदस्यको जिम्मेवारी सम्हाल्दै आएका यादवको निधनले पार्टिलाई ठूलो क्षति भएको पार्टी सचिव शम्भु यादवले वुधवार जारी गरेको प्रेश विज्ञप्तीमा उल्येख गरिएको छ ।
यसैवीच दिवंगत यादवको आफ्नै गाउँ टेङ्गीमा परम्परागत रुपले वुधवार अन्त्येष्ठी गरिएको छ । यसअधि एक कार्यक्रमका वीच मृतक यादव प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो । कार्यक्रममा प्रनिनिधि सभाकी सांसद सरिता गिरी, कञ्चनरुप नगरपालिकाका मेयर बसन्त मिश्र लगायत नेकपा एमालेका जिल्ला, क्षेत्र तथा गाउँ स्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेताहरुले संयुक्त रुपमा पार्टिको झण्डा ओढाएर सम्मान ब्यक्त गरेका थिए ।