• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हात्तीको आक्रमणबाट सप्तरीमा दुई महिलाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा दुई महिलाको मृत्यु

राजकुमार पासवान
कञ्चनरुप, १ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिकामा हात्तीको आक्रमणबाट मंगलवार दुई जना महिलाको मृत्यु भएको छ ।
दाउरा काट्न कोशी टप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गर्दा आत्तीको आक्रमणबाट वडा नम्वर–५ पथरीका नारायण साहकी ३५ वर्षिय पत्नी मञ्जुदेवी साह र टिरहा मुखियाकी ४५ वर्षिया पत्नी दुर्गीदेवी मुखियाको मृत्यु भएको हो । मुखिया र साह दुवै भाग्दै गईरहेको अवस्थामा घर नजिक पथरी बाँधमा हात्तीले मञ्जु देवी साहको छातिमा र दुर्गी देवी मुखियाकी टाउँकोमा कुल्चेर मारेको जनाईएको छ ।
आरक्षको वाँधमा पुग्नासाथ हात्तीले लखेटेको उनीहरुसँगे दाउरा काट्न आरक्ष गईरहेको वुधनीदेवी सरदारले जानकारी दिएका छन् । उनी भागेर ज्यान जोगाउन सफल भएकी छिन् । ‘मुखिया र साहसँगै १२ बजे कोशी टप्पु जङ्गल दाउरा लिन प्रवेश गरेका थियौं, घरदेखि करिब चार सय मिटर अगाडि जाँदा हातिलाई एक्कासी देख्यौ, बुधनी देवी सरदार भने भनिन् ‘म अलि पछि थिएँ, हामी तिनै जना भाग्ने कोशिस गर्यौं भाग्दा भाग्दैं कोशी बाँध नजिक पुग्दा हात्तीले मुखिया र साहलाई कुल्चेर मारिसकेको थियो ।
शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित सरगरमाथा अञ्चल अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका वार्डेन श्यामकुमार साहका अनुसार कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको हात्ती र अर्नाको आक्रमणमा विगत ७ वर्षमा १९ जनाको ज्यान गएको छ । वितेको ७ वर्षमा हात्तीको आक्रमणबाट १४ जना र अर्नाको आक्रमणबाट ५ जना गरि १९ जनाको मृत्यु भईसकेको छ ।