लालबाबु राउतले विहीवार मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने

लालबाबु राउतले विहीवार मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने
Sinha Tempo

राजविराज, १ फागुन । प्रदेश नम्वर– २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले मङ्गलवार सरकार गठन गर्नकालागि दावी पेश गरेका छन् ।
फोरम र राजपाले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ समक्ष बहुमत संख्या पेश गरेको हो । फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतलाई नै मुख्यमन्त्री नियुक्त गर्न संयक्त रुपमा सिफारिस गरिएको प्रदेश सांसद शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
सोमवार प्रदेश प्रमुखले सरकार गठनकालागि बहुमतसहित आउन दलहरुसँग आग्रह गरेका थिए । कुल १०७ सदस्य रहेको प्रदेशसभामा सरकार गठन गर्न फोरमको २९ र राजपाको २५ समेत गरी ५४ सांसद संख्या प्रस्तुत गरेको जनाईएको छ ।

बहुमतको सरकारमा प्रस्तावित मुख्यमन्त्री राउतको विहीवार सपथ ग्रहण हुने कार्यक्रम रहेको छ ।

Online Saptari
Online Saptari

About The Author