छिन्नमस्ता गापाको योजना छनौटमा वडा अध्यक्ष साह कुटिए

छिन्नमस्ता गापाको योजना छनौटमा वडा अध्यक्ष साह कुटिए
Sinha Tempo

राजविराज, १ फागुन । योजना छनौट र वडा कार्यालय राख्ने विषयमा भएको विवादमा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक वडा अध्यक्ष कुटिएका छन् ।
योजना तर्जुमा गर्ने क्रममा विवाद हँुदा वडा नम्वर २ का वडाध्यक्ष चुनचुन साह कुटिएका हुन् । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुडुर’ र उनका छोरा तेजनारायण मण्डल लगायतले आफुलाई कुटपिट गरेको वडाध्यक्ष साहको आरोप छ ।
गाउँपालिका अध्यक्ष मण्डलले एक करोड ७ लाखको योजना र वडा कार्यालय आफ्नै टोल रमपुरामा राख्नुपर्ने लिएको अडानलाई आफुले नमानेपछि उनका छोरासँगै आएका अशोक साफी, रामचन्द्र मण्डल लगायतले आफुमाथि हातपात गरेको वडाध्यक्ष साहले जानकारी दिएका छन् ।
वडा नम्वर २ मोहनपुर, रमपुरा र महुवा टोलमा विकास हुने गरी योजना छनौट गर्नुपर्ने र जनतालाई पायक पर्ने स्थानमा वडा कार्यालय राख्नुपर्ने योजना सुनाएपछि गाउँपालिका अध्यक्ष मण्डलका छोरासहितका टिमले आफुमाथि आक्रोशित हुुँदै कुटपीट गरेको उनले बताए । कुटपिटबारे ईलाका प्रहरी कार्यालय छिन्नमस्तामा निवेदन समेत दिएको जानकारी दिए ।
यता, गाउँपालिका अध्यक्ष मण्डलले भने योजनातर्जुमा गर्दा समान्य विवाद मात्रै भएको र वडाध्यक्षमाथि कसैले हातपात नगरेको प्रतिक्रिया दिएका छन् ।
.

Online Saptari
Online Saptari

About The Author