• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजको शिव मन्दिरमा तीन किलोको चाँदीको आवरण

राजविराजको शिव मन्दिरमा तीन किलोको चाँदीको आवरण

राजविराज, १ फागुन । महाशिवरात्री पर्वका अवसरमा मंगलबार सप्तरी सहित देशका शिवालयहरुमा मङ्गलवार बिहानैदेखि श्रद्धालुभक्तजनहरुको जलरिसाल तथा पूजाआजा गरेका छन् ।
राजविराजस्थित हरिनन्देश्वर महादेव, शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर, बलुवाको भजनेश्वर महादेव मन्दिर, महदेवाको अंकुरी महादेव मन्दिर, लालापट्टीको लालेश्वरनाथ मन्दिर लगायतका शिवालयहरुमा हजारौ भक्तजनहरुले पूजा–आजा गरेका छन् ।
महाशिवरात्रीको अवसर पारेर राजविराजस्थित हरीनन्देश्वर महादेव मन्दिरमा ३ किलो चाँदीको आवरण चढाईएको छ । स्थानीयवासीहरुको सहयोगमा संकलित चाँदीवाट मुर्तिमा आवरण चढाइएको मन्दिरका पुजारी राजेश्वर भारतीले जानकारी दिएका छन् । दर्जनौं भक्तजनले दान दिएको चाँदीबाट आवरण बनाई शिवलिङ्गमा लगाएको उनले बताए ।
शिवरात्रीको एकदिन अगाडि नै सप्तकोशी पुगेर भक्तजनहरुले मध्यरातमा जल उठाई राजविराज ल्याएका थिए । सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय समेतले दुध, गंगाजल, बेलपत्र, पूजा सामग्री निःशुल्क उपलब्ध गराएका छन् । भक्तजनहरुलाई दर्शनकालागि पंक्तिबद्ध भई मन्दिर प्रवेश गराउनुका साथै सुरक्षाकालागि आवश्यक प्रहरी समेत परिचालन गरिएको थियो ।